Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भारतको महाराष्ट्रमा कोरोना संक्रमण दर फेरि तीब्र

भारतको महाराष्ट्रमा कोरोना संक्रमण दर फेरि तीब्र

  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 830
    SHARES

  • भारतको महाराष्ट्रमा कोरोना संक्रमण दर फेरि तीब्र

    एजेन्सी । भारतको महाराष्ट्रमा कोरोना भाइरसको संक्रमण दर फेरि तीब्र भएको छ ।

    पछिल्लो २४ घण्टामा मात्रै महाराष्ट्रमा १३ हजार ६ सय ५९ नयाँ कोरोना संक्रमति थपिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    यो संख्या पछिल्लो २४ घण्टामा कोरोनाबाट अत्याधिक प्रभावित राष्ट्र रुस, बेलायत, स्पेन र जर्मनीमा देखिएको भन्दा पनि बढी हो ।

    महाराष्ट्रको पछिल्लो अवस्थाप्रति भारतको केन्द्र सरकारले पनि चिन्ता व्यक्ति गरेको छ ।

    कोरोनाको परीक्षणमा आएको कमी र मानिसहरुको लापरवाहीका कारण यो अवस्था आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यसैबीच महाराष्ट्र सरकारले केही ठूला सहरहरुमा कडा लकडाउन गरेको छ ।

    नागपुरमा माच १५ देखि मार्च २१ सम्म कडा खालको लकडाउन गरिने भएको छ । यस्तै अमरावती र औरंगावादमा पनि राज्य सरकारले लकडाउन गरेको छ ।


    शुक्रवार, फाल्गुण २८ २०७७०८:३०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij