Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बाइडेनले गरे कोरोना राहात प्याकेज विधेयकमा हस्ताक्षर

बाइडेनले गरे कोरोना राहात प्याकेज विधेयकमा हस्ताक्षर

  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 854
    SHARES

  • बाइडेनले गरे कोरोना राहात प्याकेज विधेयकमा हस्ताक्षर

    एजेन्सी । कोरोना भाइरसको महामारीसँग जुधेका नागरिकका लागि ल्याइएको राहत प्याकेज सम्बन्धी विधेयकमा अमेरिकी राष्ट्रपति जो बाइडेन हस्ताक्षर गरेका छन् ।

    हिजो संसदको तल्लो सदनबाट पारित विधेयकमा राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेका हुन । हस्ताक्षरसागै यो विधेयकले कानुनी रुप लिएको छ । १९ अर्व डलरको आर्थिक राहत प्याकेजले कोभिड १९ ले प्रभावित भएका अमेरिकीहरुलाई सहायता प्रदान गर्ने छ ।

    यो विधेयकमा १४०० डलर भुक्तान, बेरोजगारी भत्ता विस्तार, चाइल्ड ट्याक्स क्रेडिट जस्ता योजना छन् । यसबाट करोडौँ मानिसहरु गरिबीबाट बाहिर निस्कने अनुमान गरिएको छ ।

    राष्ट्रपति बाइडेनले राहत प्याकेजले देशको मेरुदण्ड पुनर्निर्माण गर्ने बताएका छन् । यो विधेयकलाई अमेरिकी इतिहासको सबैभन्दा धेरै खर्च रहेको विधेयकको रुपमा लिइएको छ । यो विधेयकमा उल्लेखित विषयबारे बाइडेनले आज देशबासीका नाममा सम्बोधन गर्ने छन् ।


    शुक्रवार, फाल्गुण २८ २०७७०८:२६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij