Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बाइडेनको १९ खर्ब डलरको ‘कोरोना राहत प्याकेज’ पारित

बाइडेनको १९ खर्ब डलरको ‘कोरोना राहत प्याकेज’ पारित

  • बिहिवार, फाल्गुण २७ २०७७

  • 699
    SHARES

  • बाइडेनको १९ खर्ब डलरको ‘कोरोना राहत प्याकेज’ पारित

    एजेन्सी । अमेरिकी कंग्रेसको तल्लो सदनले राष्ट्रपति जो बाइडनले अघि सारेको १९ खर्ब डलर बराबरको कोभिड राहत प्याकेज पारित गरेको छ ।

    अहिलेसम्म अमेरिकाले कोभिड महामारीबाट पुनरुत्थानमा ५० खर्ब डलर खर्च गरिसकेको बताएको छ ।

    राष्ट्रपति बाइडेनको १९ खर्ब डलरको प्याकेजले कोभिडको प्रभाव झेलिरहेका अमेरिकीहरूलाई राहत दिने बताइएको छ ।

    हिजो तल्लो सदन प्रतिनिधिसभाले यसलाई पार्टीगत बहुमतबाट पारित गरेको हो । मतदान हुँदा एकजना बाहेक सबै डेमाक्र्याट सांसदले यसको समर्थन गरेका थिए ।

    राहातलाई रिपब्लिकन दलका सांसदहरूले भने अस्वीकार गरेका थिए । यसअघि माथिल्लो सदनले पनि यो प्याकेजलाई बहुमतबाट पारित गरेको थियो ।

    अब यसलाई राष्ट्रपतिले हस्ताक्षर गरेपछि लागु हुने छ । ह्वाइट हाउसका अनुसार यसमा शुक्रबार नै राष्ट्रपति बाइडेनले हस्ताक्षर गर्नेछन् ।

    राष्ट्रपति बाइडेनले यो प्याकेजले देशको मेरुदण्ड–आवश्यक सेवाका कर्मचारी, देश निर्माण गर्ने श्रमिक अनि यो देश चलाउने आम मानिसहरूलाई महामारीको प्रभावसँग जुध्न सघाउ पुग्ने बताएका छन् ।


    बिहिवार, फाल्गुण २७ २०७७०८:४५:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij