Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

न्युजिल्यान्डमा शक्तिशाली भूकम्प, सुनामीको खतरा

न्युजिल्यान्डमा शक्तिशाली भूकम्प, सुनामीको खतरा

  • शुक्रवार, फाल्गुण २१ २०७७

  • 816
    SHARES

  • न्युजिल्यान्डमा शक्तिशाली भूकम्प, सुनामीको खतरा

    एजेन्सी । न्युजिल्यान्डमा ७ दशमलव २ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ । 

    भूकम्पको केन्द्रविन्दु जिस्बन शहरबाट करिब १ सय ७८ किलोमिटर टाढाको जमिनको गहिराइमा परेको जनाएको छ ।

    तीन पटकसम्म भूकम्पको धक्कापछि सो क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ । उत्तरी क्षेत्रका टापुहरुको तटीय क्षेत्रमा सुनामीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरिएको सरकारले जनाएको छ ।

    राष्ट्रिय आपतकालीन एजेन्सीले पूर्वी तटमा सुनामीको खतरा रहेको भन्दै सुरक्षित रहन सर्वसाधारणलाई अपील गरेको हो । सो क्षेत्रमा सुनामीको चेतावनी दिएसँगै सर्वसाधारण सुरक्षित स्थानतर्फ जान थालेको बताइएको छ ।

    भूकम्पका कारण न्यू क्यालेन्डोनिया र भानुआटुको दक्षिणी क्षेत्रमा पानीको छाल र सतह बढेको छ ।

    भूकम्पपछि दक्षिण अमेरिकाका पेरु इक्वेडर र चिलीलगायतका राष्ट्रहरु सुनामीबाट प्रभावित हुनसक्ने बताइएको छ ।


    शुक्रवार, फाल्गुण २१ २०७७०९:३५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij