Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बलिउड नायिका श्रद्धा र नेपाली युवा रोहन माल्दिभ्समा सँगै देखिएपछि...

बलिउड नायिका श्रद्धा र नेपाली युवा रोहन माल्दिभ्समा सँगै देखिएपछि...

  • बिहिवार, फाल्गुण २० २०७७

  • 1.6K
    SHARES

  • बलिउड नायिका श्रद्धा र नेपाली युवा रोहन माल्दिभ्समा सँगै देखिएपछि...

    एजेन्सी । बलिउडमा सुन्दर नायिकाको उपमा पाएकी श्रद्धा कपुर र नेपाली मुलका युवा रोहन श्रेष्ठ माल्दिभ्समा सँगै देखिएका छन् । यससँगै बलिउडका उनीहरुबीच चर्चा सुरु भएको छ ।

    एउटा बिहेमा सहभागी हुने क्रममा रोहन माल्दिभ्स पुगेको र श्रद्धा पनि उही रहेको खबर भारतीय मिडियाहरुले छापिरहेका छन् । नेपाली मुलका रोहन र श्रद्धा प्रेममा रहेको कुरा अब कुनै रहस्य नरहेको उनीहरुको दाबी छ ।

    sharaddha.jpg

    बलिउड अभिनेत्री पद्मिनी कोल्हापुरेको छोराको विवाहमा सहभागी हुन माल्दिभ्स पुगेका उनीहरु दुवै केही फोटोमा सँगै देखिएका थिए ।

    यसअघि बरुण धवनले विवाह गर्दा रोहनले बधाई दिएका थिए । त्यसको प्रतिक्रियास्वरुप वरुणले पनि सांकेतिकमा रुपमा रोहनलाई बधाई दिएका थिए । यसले गर्दा श्रद्धा र रोहन विवाह गर्ने तयारीमा रहेको चर्चा चलेको थियो ।

    shraddha_kapoor_rohan_shrestha_7.jpg

    टाइम्स अफ इन्डियाले यो खबरको अझ थप पुष्टि गरेको छ । टाइम्स अफ इन्डियाले रोहनका बुवा राकेश श्रेष्ठसँग कुरा गरेको छ । जसमा उनले दुवैको परिवार छोरा–छोरीको निर्णयलाई स्वागत गर्न तयार रहेको बताएका छन् ।

    टाइम्स अफ इन्डियाले यसअघि पनि श्रद्धा कपुरका बुवा शक्ति कपुरसँग यही विषयमा कुरा गरेको थियो । शक्तिले पनि छोरीले जे निर्णय गर्छिन् त्यसमा आफूले कुनै आपत्ति नजनाउने बताएका थिए ।

     


    बिहिवार, फाल्गुण २० २०७७०१:०२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij