काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना भाइरसविरुद्धको खोप लगाउनुभएको छ । नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा पुगेर प्रचण्डले आज खोप लगाउनुभएको हो ।
आज प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यहरु र मन्त्रीहरुले कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम बनाइएको छ ।
यसअघि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख अग्नि सापकोटालगायतले पनि कोरोनाविरुद्धको खोप लगाइसक्नुभएको छ ।
आज बिहान १० बजेदेखि चार बजेसम्म संघीय संसद्का सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरु, महासचिव, सचिवलगायतलाई खोप लगाउने कार्यक्रम जारी छ ।
सभामुख, अध्यक्ष, उपाध्यक्षका सचिवालयमा कार्यरत कर्मचारीहरु, हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि आजै खोप लगाउने कार्यक्रम निर्धारण गरिएको छ ।