Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आणविक सम्झौताबारे छलफल गर्ने अमेरिकाको प्रस्ताव इरानद्वारा अस्वीकार

आणविक सम्झौताबारे छलफल गर्ने अमेरिकाको प्रस्ताव इरानद्वारा अस्वीकार

  • सोमवार, फाल्गुण १७ २०७७

  • 986
    SHARES

  • आणविक सम्झौताबारे छलफल गर्ने अमेरिकाको प्रस्ताव इरानद्वारा अस्वीकार

    एजेन्सी । इरानले आणविक सम्झौता पुन लागू गर्नेबारे अमेरिकाले गरेको अनौपचारिक छलफलको प्रस्ताव अस्वीकार गरेको छ ।

    इरानले आफूविरुद्ध लगाइको प्रतिबन्ध नहटाएसम्म वार्ताको वातावरण नबन्ने भन्दै अमेरिका र युरोपेली युनियनको प्रस्ताव अस्वीकार गरेको हो ।

    सन् २०१५ मा भियनामा भएको आणविक सम्झौता तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रुपमा भंग गरेर आफूमाथि दवाव दिएको इरानको आरोप छ ।

    सो आणविक सम्झौता अनुसार इरानले आफ्नो आणविक शक्ति उत्पादनलाई क्रमश घटाउँदै लैजाने बताइएपनि पालना नभएको भन्दै अमेरिकाले सम्झौता एकतर्फी रुपमा भंग गरेको जनाएको थियो ।

    अमेरिकाको नेतृत्व परिवर्तन भएसँगै राष्ट्रपति जो वाइडेनले आणविक सम्झौतालाई नयाँ ढंगबाट लागू गर्ने बताएसँगै केही महिनाअघि इरानले वार्ता गर्न सकिने जनाएको थियो । तर राष्ट्रपति वाइडेनले सम्झौता पालना गुर्नपर्ने पहिलो शर्त भएको बताएसँगै इरान वार्ताबाट पछि हटेको हो ।


    सोमवार, फाल्गुण १७ २०७७०८:३१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij