Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

म्यानमारमा सेनाविरुद्ध प्रदर्शन, पश्चिमा राष्ट्रहद्धारा दमन नगर्न चेतावनी

म्यानमारमा सेनाविरुद्ध प्रदर्शन, पश्चिमा राष्ट्रहद्धारा दमन नगर्न चेतावनी

  • सोमवार, फाल्गुण ३ २०७७

  • 903
    SHARES

  • म्यानमारमा सेनाविरुद्ध प्रदर्शन, पश्चिमा राष्ट्रहद्धारा दमन नगर्न चेतावनी

    एजेन्सी । म्यानमारमा सेनाको कदम विरुद्ध पछिल्ला दिनहरुमा लगातार प्रदर्शन भइरहेका छन् ।

    सैनिक सरकारले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै हजारौं वर्मेली नागरिकले दिनहूँ विरोध प्रदर्शनलाई जारी राखेका छन् ।

    गत नोभेम्बरमा सम्पन्न आम निर्वाचनमा धाँधली भएको भन्दै फ्रेब्रुअरी १ मा म्यानमारमा सेनाले देशको शासन आफ्नो हातमा लिएको छ ।

    निर्वाचनमा आङ साङ सूचीको नेसनल लीग फर डेमोक्रेसी एनएलडीले ठूलो बहुमतका साथ जित हासिल गरेको थियो ।

    सैन्य कू सँगै नेतृ सुचीसहित एनएलडीका विभिन्न नेता पनि सेनाको नियन्त्रणमा रहेका छन् ।

    लगातार नौ दिनदेखि जारी विरोध प्रदर्शनहरुलाई दबाउन सेनाले ठूलो संख्यामा आफ्नो शक्ति परिचालन गरेको बीबीसीले जनाएको छ ।

    रातको समयमा निषेधाज्ञा जारी गरेपनि त्यसको उल्लंघन गर्दै सर्वसाधारण सेनाको कदमको विरोधमा सडकमा उत्रिएका हुन् ।

    विरोधका गतिविधि नियन्त्रणमा लिने सेनाले रातको समयमा इन्टरनेटसमेत बन्द गराएको छ ।

    म्यानमारको उत्तरी राज्य काचिनमा सुरक्षाकर्मीको गोली लागेर एक जना प्रदर्शनकारी घाइते भएका छन् ।

    सेनाको कदमको विरोध गर्दै विभिन्न राष्ट्रले नेताहरुलाई रिहा गर्न सैनिक सरकारसँग आग्रह गरेका छन् ।

    म्यानमारस्थित संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि टम एन्ड्रयुजले सेनाको गतिविधिले आम नागरिकमा निराशा छाइरहेको बाएका छन् ।

    उनले सेनाले नागरिकमाथि युद्धको घोषणा गरेकाले परिणाम सकारात्मक नआउने चेतावनीसमेत दिए ।

    यस्तै युरोपियन युनियन, बेलायत, क्यानडालगायत विभिन्न दूतावासहरुले विज्ञप्ती जारी गरेर सुरक्षा फौजलाई नागरिकमाथिको धरपकड नगर्न चेतावनी दिएका छन् ।

    उनीहरुले निर्वाचित सरकारको पतन रोक्न भएका प्रदर्शनहरुमाथि हिंसा नगर्न आग्रहसमेत गरेका छन् ।

    म्यानमारका जनतालाई प्रजातन्त्र, स्वतन्त्रता, शान्ति र समृद्धिका लागि हामी समर्थन गर्ने ती मुलुकहरुले संयुक्तरुपमा जारी गरेको विज्ञप्तीम उल्लेख छ ।

    यता रातको समयमा पनि प्रदर्शनहरु जारी रहेकाले सुरक्षाकर्मीले विभिन्न शहमा सर्वसाधारणका घरमा छापा मारेको बताइएको छ ।

    यस्तै सेनाले आफ्नो कारवाहीलाई बलियो बनाउन २४ घण्टा भन्दा लामो समय व्यक्तिलाई हिरासतमा राख्न र निजी सम्पति खोजी अदालतको आदेश आवश्यक पर्नेलगायतका कानुनहरु निरलम्बन गरेको छ ।


    सोमवार, फाल्गुण ३ २०७७०९:३२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij