Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बाँकेमा एकै परिवारका तीन जनासहित सातजनामा देखियो कोरोना संक्रमण

बाँकेमा एकै परिवारका तीन जनासहित सातजनामा देखियो कोरोना संक्रमण

  • बुधवार, आषाढ १७ २०७७

  • 817
    SHARES

  • बाँकेमा एकै परिवारका तीन जनासहित सातजनामा देखियो कोरोना संक्रमण

    नेपालगञ्‍ज । बाँकेमा एकै परिवारका तीन जना सहित सात जनामा कोरोना देखिएको छ। बुधबार उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार कोहलपुर–२ का श्रीमान् र श्रीमती तथा वडा नं. १२ मा बस्ने छोरामा कोरोना पुष्टि भएको हो ।

    एकै परिवारका सात जनामा पीसीआर जाँच गर्दा तीन जनामा कोरोना देखिएको उहाँले बताउनुभयो । उनीहरु गत ३ गते भारतको दिल्लीबाट आएका थिए। भेरी अस्पताल, नेपालगञ्जको ल्याबमा गरिएको परीक्षणमा खजुरामा चार जनामा कोरोना देखिएको छ।

    खजुरा गाउँपालिका वडा नं. ६ मा दुई जना, वडा नं. १ र २ मा एक÷एक जनामा कोरोना देखिएको छ । बुधबार देखिएका संक्रमितमा चार महिला र तीन पुरुष रहेका छन्।


    बुधवार, आषाढ १७ २०७७०४:२१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij