Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभा सम्पन्न

दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभा सम्पन्न

  • शनिवार, माघ १० २०७७

  • 1.2K
    SHARES

  • दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    कार्यक्रमको उदघाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले प्रतिष्ठानको भवन बनाउनका लागि जग्गा खरिद र भवन निर्माणका लागि आर्थिक सहयोग गर्दै आइरहेको बताउनुभएको छ।

    उहाँले आगामी दिनमा प्रतिष्ठानलाई सहयोग गर्न नगरपालिका तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । “प्रतिष्ठानको भवन टोखा निर्माण हुनुलाई हामीले गर्वको महसुस गरेका छौँ”, उहाँले भन्नुभयो, “अब वडा नं। ७ को भित्री पक्की सडकबाट प्रतिष्ठानको केन्द्रीय कार्यालय सम्मजाने कच्ची सडक पक्की गर्ने कार्यलाई अघि बढाउँछौँ ।”

    उहाँले भवनको लागि जग्गा खरिद र भवन निर्माणमा प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पंगेनीको पहल गरेको बताउनुभएको छ । उहाँले तत्कालीन स्वर्गीय रविन्द्र अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा रकम उपलब्ध गराएकाले भवन निर्माणको कार्यले पूर्णता पाएको बताउनुभयो ।

    वडा नं. ७ का अध्यक्ष नरोत्तम रानाले प्रतिष्ठानको भवनको माथिल्लो तल्ला निर्माणका लागि दश लाख सहयोग गरिसकेको भन्दै आगामी दिनमा पनि सोही भवन सँगै जोडिएको जग्गा खरिदको प्रक्रिया अघि बढेकाले पाँच लाख सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “कलाकारहरुको आगमनले यस वडा संगीतमय भएको छ, आवश्यक सहयोगका लागि ७ नम्बर वडा पछि हट्दैन ।”

    कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार नारायाण रायमाझी, राजन लम्साल, संरक्षक पृथ्वी थकाली, संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ, पूर्व अध्यक्षहरु प्रजापती पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, निवर्तमान अध्यक्ष बद्री पंगेनीको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा संस्थापक अध्यक्ष गुरुङले सुरुमा थोरै संख्याका कलाकारहरुबाट संस्था स्थापना भएको स्मरण गर्दै अहिले यो स्थान सम्म आइपुग्दा धेरै सफलता हासिल गरिएको बताए । प्रतिष्ठानमा योगदान दिएका विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ ।

    स्वर्गीय कलाकार लोकबहादुर क्षेत्रीको सम्झनामा नगद राशी सहित स्मृति पुरस्कार कलाकार रामप्रसाद घिमिरे र सारंगी वादक कृष्णबहादुर गन्धर्वलाई प्रदान गरिएको गरिएको छ भने पत्रकारीता पुरस्कार सिताराम बडाल, संरक्षक तथा अविभावक पुरस्कार पृथ्वी थकालीलाई प्रदान गरिएको छ । नयाँ मानार्थ सदस्यलाई पनि सम्मान सहित प्रमाणपत्र वितरण गरिएको छ भने आजीवन सदस्यहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको छ ।

    त्यस्तै, प्रतिष्ठानले संस्थाको मातहातमा रहेर काम गर्ने सदस्यहरुलाई पनि सम्मान गरेको छ । उत्कृष्ट पुरस्कार प्राप्त गर्नेहरुमा गायिका देवी घर्ती मगर र मोडल पिएन सापकोटा रहेका छन् । उत्कृष्ट काम गर्ने धादिङका अध्यक्ष कमला गैरे थापा सम्मानित भएकी छिन् । त्यस्तै, जिल्लाबाट उत्कृष्ट सम्मान रुपन्देहीले पाएको छ भने त्यहाँका अध्यक्ष दिपक कार्की हुन् ।

    यसैगरी प्रदेशमा गण्डकी प्रदेशले उत्कृष्ट सम्मान पाएको छ । त्यहाँका अध्यक्ष सुरेन्द्र गुरुङ रहेका छन् । काठमाडौं उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्साललाई सम्मान गरियो भने त्यस अन्तरगतका ९ वटा समिति मध्य सुनधारा समितिले पनि उत्कृष्ट सम्मान प्राप्त गरेको छ । त्यहाँका अध्यक्ष शैलेस राना हुन् । प्रतिष्ठानका अध्यक्ष रमेश विजीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष रिता थापा मगरको स्वागत मन्तव्य र महासचिव सुवास केसीको सञ्चालनमा कार्यक्रमा सम्पन्न भएको थियो ।


    शनिवार, माघ १० २०७७०७:२३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij