Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बाइडेनले लिए ४६ औँ राष्ट्रपतिको शपथ

बाइडेनले लिए ४६ औँ राष्ट्रपतिको शपथ

  • बिहिवार, माघ ८ २०७७

  • 1.0K
    SHARES

  • बाइडेनले लिए ४६ औँ राष्ट्रपतिको शपथ

    एजेन्सी । डेमोक्रेट नेता जो बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको शपथ लिनुभएको छ । राजधानी वासिंगट डिसीमा भएको विशेष समारोहमा बाइडेनले राष्ट्रपतिको शपथ लिएका छन् ।

    १२७ वर्ष पुरानो आफ्नो पारिवारिक बाइबलमा हात राखेर शपथ लिनुभएका ७८ वर्षीय बाइडेन अमेरिकी इतिहासमै सबैभन्दा पाको उमेरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने नेता बनेका छन् ।

    कडा सुरक्षाबीच सम्पन्न शपथ समारोह, बाइडनसँग पराजित निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बहिष्कार गरेका छन् । ट्रम्प कार्यक्रममा सहभागी नभए पनि उपराष्ट्रपति माइक पेन्स भने सहभागी भएका थिए । ट्रम्पलाई भने शपथ समारोह हुनु केही घण्टा पहिले बिदाई गरिएको थियो ।

    यसैगरी, कमला ह्यारिसले उपराष्ट्रपति पदको शपथ लिएका छन्। ह्यारिसले उपराष्ट्रपति बन्ने पहिलो महिला एवं पहिलो अश्वेत महिला बनेर इतिहास रचेका छन् ।

    गत नोभेम्बर ३ मा सम्पन्न निकै विवादित निर्वाचनमा ऐतिहासिक मतका साथ बाइडेनले बहालवाला राष्ट्रपति ट्रम्पलाई ३०६–२३२ इलेक्टोरल कलेज मतले पराजित गरेका छन् ।

    इलेक्टोरल र लोकप्रिय दुबै मतबाट पराजीत ट्रम्पले भने हार अस्वीकार गर्दै आफ्ना अन्ध समर्थकहरुलाई संसद भवनमा हिंसात्मक आक्रमण गर्न उक्साएपछि ह्वाइटहाउसबाट बाहिरिँदै गर्दा निकै आलोचित बनेका छन् ।

    दुई हप्ताअघिको उक्त घटनामा ट्रम्पका उत्तेजित भीडले गरेको आक्रमणमा परी एक प्रहरी अधिकारीसहित पाँच जना मारिएका थिए । संसद भवनमा आक्रमण गराएपछि ट्रम्पमाथि अमेरिकी इतिहासमै दोस्रोपटक महाअभियोग लागेको छ ।

    ३६ वर्षसम्म डेलावरबाट सिनेटर रहनुभएका बाइडनले बाराक ओबामा प्रशासनमा ८ वर्ष उपराष्ट्रपति बनेका थिए । सबै अमेरिकीको राष्ट्रपति बन्ने र सबैका लागि काम गर्ने तथा विभाजित देशलाई एकतावद्ध गर्ने बताउँदै आउनु भएका बाइडन तेस्रो प्रयासमा राष्ट्रपति बन्न सफल भएका छन् ।

    बाइडेन सामु कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने, शिथिल बनेको अर्थतन्त्र उकास्ने, विश्वबाट अलग थलग भएको अमेरिकालाई फेरि विश्वको नेतृत्वमा स्थापित गर्ने जस्ता चुनौती रहेका छन् ।


    बिहिवार, माघ ८ २०७७०६:२३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij