Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २० लाख नाघ्यो

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २० लाख नाघ्यो

  • शनिवार, माघ ३ २०७७

  • 917
    SHARES

  • विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २० लाख नाघ्यो

    काठमाडौं ।  विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या २० लाख नाघेको छ ।

    जोन हपकिन्स विश्वविद्यालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार संसारभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख नाघेको हो । त्यसमध्ये अमेरिकामा सबैभन्दा बढी व्यक्तिको संक्रमणबाट मृत्यु भएको छ ।

    अमेरिकामा अहिलेसम्म ३ लाख ९० हजार जनाको संक्रमणबाट मृत्यु भएको जनाइएको छ भने ब्राजिलमा करिब २ लाख जनाको संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै भारतमा करिब डेढ लाख जनाको ज्यान गएको छ ।

    तथ्याँकअनुसार विश्वभर ९ करोड ३० लाख भन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । उता, वल्ड्रोमिटरले जारी गरेको तथ्याँकअनुसार कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या २० लाख १० हजार १०८ पुगेको छ भने संक्रमितहरुको संख्या ९ करोड ३८ लाख ८३ हजार ७ सय ८१ पुगेको छ । त्यस्तै निको भएर घर फर्किनेहरुको संख्या ६ करोड ७० लाखभन्दा बढी रहेको छ ।


    शनिवार, माघ ३ २०७७०६:५२:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij