Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

औषधि व्यवस्था विभागद्वारा कोरोना खोप आयात अनुमतिका लागि आवेदन माग

औषधि व्यवस्था विभागद्वारा कोरोना खोप आयात अनुमतिका लागि आवेदन माग

  • बिहिवार, माघ १ २०७७

  • 1.0K
    SHARES

  • औषधि व्यवस्था विभागद्वारा कोरोना खोप आयात अनुमतिका लागि आवेदन माग

    काठमाडौं । औषधि व्यवस्था विभागले कोभिड—१९विरुद्धको खोप आयातका लागि उत्पादक वा आधिकारिक आयातकर्तालाई दर्ता अनुमति पत्रका लागि आवेदनको माग गरेको छ ।

    विभागले सूचना जारी गर्दै कोभिड—१९ को खोपको आपतकालीन प्रयोगका लागि दर्ता अनुमतिका लागि आह्वान गरेको हो ।
    कोभिड विरुद्धको औषधि र खोपको आपतकालिन प्रयोगका लागि औषधि ऐन, २०३५ को तेस्रो संशोधन अध्यादेश जारी समेत गरिएको थियो ।

    कोभिड—१९ खोपको आपतकालिन प्रयोगका लागि दर्ता आवेदन दिँदा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा खोपको आपतकालिन प्रयोग सम्वन्धि संहिता, २०७७ र कोभिड—विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धी अवधारणपत्रलाई आधार मान्ने औषधि व्यवस्था विभागले जनाएको छ ।

    कोभिड महामारीको रुपमा फैलिएको संक्रामक रोगको रोकथाम, नियन्त्रण वा निर्मूल गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका औषधि वा त्यस्ता नियामक निकायले अनुमति प्रदान गरेका खोपलाइ दर्ता गर्ने व्यवस्था गरिएको सूचनामा उल्लेख गरिएको छ ।


    बिहिवार, माघ १ २०७७११:४९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij