Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राजस्व संकलनको लक्ष्य भेट्न मुश्किल

राजस्व संकलनको लक्ष्य भेट्न मुश्किल

  • मंगलवार, पौष २१ २०७७

  • 1.0K
    SHARES

  • राजस्व संकलनको लक्ष्य भेट्न मुश्किल

    काठमाडौं ।  चालू आर्थिक वर्ष २०७७–७८ मा लिएको राजस्व संकलनको लक्ष्य भेट्न कठिन हुने देखिएको छ ।

    उत्तरी नाकामा निरन्तरको अवरोध र कोरोनाका कारण आर्थिक गतिविधिमा संकुचन आउँदा सरकारले चालू वर्षमा लिएको लक्ष्य भेट्न नसक्ने अवस्था आएको छ ।

    अर्थ मन्त्रालयका अनुसार मङ्सिरसम्ममा भन्सार महसुलमा लक्ष्यको २ अर्ब कम राजस्व संकलन भएको छ भने कर राजस्वतर्फ लक्ष्यको २५ अर्ब कम संकलन भएको छ । त्यस्तै, गैरकरतर्फ १२ अर्ब ९८ करोड राजस्व कम संकलन भएको छ ।

    मङ्सिरसम्ममा कुल राजस्व लक्ष्यभन्दा करीब ३९ अर्ब कम संकलन भएको देखिएको छ ।

    संकटका बेला आयात बढ्ने अनुमान अर्थका अधिकारीहरूले गरे पनि पछिल्लो समय कतिपय वस्तुको आयात घटेको उनीहरू बताउँछन । त्यसले पनि राजस्वको लक्ष्य भेट्न चुनौती थपिदिएको अधिकारीहरूको भनाइ छ ।


    मंगलवार, पौष २१ २०७७०६:३१:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij