Oct 05 2026 | २०८३, आश्विन १९ गते

२०८३, आश्विन १९ गते
  • यो साता चर्चामा :
images

म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका’, क्यानमै छ कार, बाइक र स्कुटरको सरप्राइज

म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका’, क्यानमै छ कार, बाइक र स्कुटरको सरप्राइज

  • आइतवार, आश्विन १८ २०८३

  • 34
    SHARES

  • म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका’, क्यानमै छ कार, बाइक र स्कुटरको सरप्राइज

    काठमाडौँ । दशैंमा नयाँ लुगा, मिठा परिकार र परिवारसँगको जमघट त हुन्छ नै। तर यसपटक म्याक्स टाइगर इनर्जी ड्रिंकको क्यान खोल्दा सरप्राइज पुरस्कार पनि पर्न सक्छ। म्याक्स टाइगरले दशैंलाई लक्षित गर्दै ‘दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत ३६ जनाले यामाहा मोटरसाइकल तथा स्कुटर र एक जना भाग्यशाली विजेताले प्रोटोन कार जित्ने अवसर पाउनेछन्।

    ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले अभियानको औपचारिक घोषणा गरेको हो। कम्पनीका अनुसार अभियानअन्तर्गत विशेष पुरस्कारयुक्त क्यान देशभर वितरण गरिनेछ। जसमा १८ जनाले यामाहा एफ जेड एफ आई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्नेछन्। त्यस्तै, अभियानको सबैभन्दा ठूलो अर्थात् बम्पर पुरस्कारका रूपमा एक जना भाग्यशाली विजेताले प्रोटोन कार पाउनेछन्।

    रोचक कुरा के छ भने, विशेष पुरस्कारयुक्त क्यान प्राप्त गर्ने उपभोक्ता नै अभियानको विजेता बन्न सक्नेछन्। त्यसका लागि देशभर पुरस्कारयुक्त क्यान वितरण गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ। म्याक्स टाइगरका अनुसार, ‘दशैं धमाका २०२६’ को उद्देश्य उत्पादनसँगै उपभोक्तालाई आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्नु हो। दशैंको उत्साह र उपभोक्ताको ऊर्जालाई ब्रान्डसँग जोड्दै उपभोक्तासँगको सम्बन्ध अझ मजबुत बनाउने लक्ष्य अभियानको रहेको कम्पनीको भनाइ छ।

    दशैं नेपालीका लागि किनमेल, भेटघाट र उत्सवको विशेष समय हो। यही माहोललाई अझ रोमाञ्चक बनाउन म्याक्स टाइगरले पुरस्कारको सम्भावनालाई पनि चाडपर्वसँग जोडेको छ।


    आइतवार, आश्विन १८ २०८३०९:१६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij