Sep 28 2026 | २०८३, आश्विन १२ गते

२०८३, आश्विन १२ गते
  • यो साता चर्चामा :
images

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

  • आइतवार, आश्विन ११ २०८३

  • 40
    SHARES

  • आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

    काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको प्रतिनिधिमण्डलले बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडलसंग भेटघाट तथा छलफल गरेको छ ।

    आर्थिक मामिला तथा योजना मन्त्रालयमा भएको भेटमा उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष वेद बहादुर श्रेष्ठ, कोषाध्यक्ष रुद्र बहादुर खत्री एवम् कार्यकारी निर्देशक विवेक मानन्धरसहितको टोलीले भेटघाटका क्रममा रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको पुनः स्थापना, जीविकोपार्जन तथा रोजगारी सिर्जनाका लागि सार्वजनिक–निजी साझेदारी (पिपिपि) मोडलमार्फत सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

    सो अवसरमा मन्त्री पौडलले विपद्बाट प्रभावित नागरिकको पुनः स्थापना र आर्थिक पुनरुत्थानका लागि प्रदेश सरकार, निजी क्षेत्र तथा सरोकारवाला पक्षबीचको सहकार्यलाई थप सुदृढ गर्दै ठोस र परिणाममुखी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

    प्रभावित परिवारलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले आवश्यक नीतिगत तथा कानूनी प्रक्रियाको अध्ययन गरी उपयुक्त कार्यविधि निर्माण गर्ने र निजी क्षेत्रको सहभागितालाई प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा छलफल भएको बागमती प्रदेशका अध्यक्ष वेद बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

    महासंघ बागमती प्रदेशको सचिवालयको लागि जग्गा प्राप्त

    यसैबीच नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सचिवालय भवन निर्माणको लागि आवश्यक जग्गा प्राप्त भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका जिल्ला नगर उपाध्यक्ष एवम् मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कुमार गुप्ताको छोरा अमित अग्रवालज्यूको नाममा हेटौंडा १७ मा रहेको १ कठ्ठा जग्गा नेपाल उद्योग वाणिज्य महासंघको नाममा नामसारी गरिएको महासंघले जनाएको छ ।

    नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रुद्र बहादुर खत्री, कार्यकारी निर्देशक विवेक मानन्धर, कार्यालय सहायक रश्मि खनाल लगायतको सहभागितामा अध्यक्ष वेद बहादुर श्रेष्ठलाई भूमि प्रशासन कार्यालय अघि उपाध्यक्ष जिल्ला नगर उपाध्यक्ष कृष्ण कुमार गुप्ताले जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण गर्नुभएको थियो ।


    आइतवार, आश्विन ११ २०८३०६:४३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij