काठमाडौं । कोरोना कहरसँगै करिब ९ महिनादेखि बन्द रहेका फिल्म हल आजबाट सञ्चालनमा आएका छन् । सरकारले हल खोल्ने अनुमति नदिए पनि हल व्यवसायीहरु आफैंले एकतर्फी निर्णय गर्दै हल खोलेका हुन् ।
सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गर्दै तत्काललाई ५० प्रतिशत् मात्र दर्शक राख्ने गरी हल खोलिएको नेपाल चलचित्र संघले जनाएको छ ।
सिंगल र मल्टीप्लेक्स दुवै हलहरु आजबाट देशभर सञ्चालनमा आएको नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले बताउनुुभयो ।
हल खुले पनि दर्शक भने त्यति देखिएका छैनन् । बिस्तारै दर्शक पनि बढ्ने अनुमान शर्माको रहेको छ । दर्शकको चाप बढेपछि नयाँ फिल्म रिलिज हुने उहाँले जानकारी दिनुुभयो ।