Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखा समितिको ठहर

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखा समितिको ठहर

  • शुक्रवार, पौष ३ २०७७

  • 1.4K
    SHARES

  • स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखा समितिको ठहर

    काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले स्वास्थ्य सामाग्री खरिदमा नियमसंगत नभएको ठहर गरेको छ । यसबारे छानविन गरेर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखि पठाउने निर्णय गरेको समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

    समितिले शुक्रबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग छलफल गरेको थियो । छलफलमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा आफू संलग्न नभएको बताउनु भएको थियो ।

    मन्त्री ढकालले बैठकमा सांसद्हरूले उठाएको प्रश्नको जवाफ दिँदै आफू अनियमिततमा संलग्न नभएको तर काम छिटो गर्न पहल गरेको दाबी दोहो¥याउनुभएको छ ।

     


    शुक्रवार, पौष ३ २०७७०४:०१:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij