Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

स्वस्थ खानपानका लागि डब्लुएचओले दिएका केही टिप्स :

स्वस्थ खानपानका लागि डब्लुएचओले दिएका केही टिप्स :

  • शुक्रवार, पौष ३ २०७७

  • 1.4K
    SHARES

  • स्वस्थ खानपानका लागि डब्लुएचओले दिएका केही टिप्स :

    कोरोना भाइरस (कोभिड १९ )को महामारीले हाम्रो जीवनशैलीमा धेरै परिवर्तन गरिदिएको छ । कामकाज, सरसफाईसँगै खानपानको तौरतरिकामा समेत बदलिदिएको छ । यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाबाट खानपानका केही टिप्स दिएको छ :

    _112219255_hi053516971.jpg

    स्वच्छतामा ध्यान दिनुुहोस्

    खाना बनाउँनुअघि र खाना बनाउँदै गरेका वेला अनिवार्य हात धुनुहोस् ।

    शौचालय गएपछि मज्जाले हात धुने गरौं ।

    खाना बनाउँन प्रयोग गरिने भाँडा कुँडा र चुलो आदि राम्ररी सफा गर्नुहोस्, सकेसम्म स्यानिटाइज्ड गरौं ।

    भान्साकोठा तथा घर वरिपरिका झिंगा, मच्चर आदि किरा वा अन्य जनावरको सम्पर्कबाट टाढा र सुरक्षित रहौं ।

    काँचा खानेकुरालाई पकाएकासँगै नराख्नुस्

    पोल्ट्री उत्पादन, काँचो मासु र सिफुड आदिलाई दोस्रा चिजबाट अलग राखौं ।

    काँचा खानेकुरा काट्दा सकभर अलग चक्कु र चपिङ बोर्ड प्रयोग गरौं ।

    पकाएको खाना र काँचा खानेकुराबीच सम्पर्क जगराउँनुहोस् । यी दुई चिज सकभर अलगअलग ठाउँमा राखौं ।

    खानेकुरा राम्रोसँग पकाउँने गरौं

    खासगरी, मासु, पोल्ट्री उत्पादन, अन्डा, सिफुड आदि राम्रोसँग पकाएर मात्र खाने गरौं ।

    भेज वा चिकन सुप बनाउँदा उमाल्ने समय सुनिश्चित गर्नुस् । कम्तीमा ७० डिग्री सेल्सियससम्म अनिवार्य पकाऔं । पोल्ट्री उत्पादन वा अन्य मासुको झोलको गुलाबी रंग हट्नेगरी राम्रोसँग उमालौं । तापक्रम जाँच्न तपाईँ थर्मोमिटरसमेत उपयोग गर्न सक्नुहुनेछ ।

    पकाएर राखेका खानेकुरा पुनः उपभोग गर्नुपरेमा राम्रोसँग तताउन आवश्यक छ ।

    download.jpg

    सुरक्षित तापक्रममा खानेकुरा सुरक्षित राखौं

    पकाएका खानेकुरा कोठाको सामान्य तापक्रममा दुई घन्टाभन्दा बढी नराखौं ।

    तयार गरेर राखेका र चाँडै बिग्रिने खालका खानेकुरा पाँच डिग्री सेल्सियसभन्दा कम तापक्रमको फ्रिजमा राखौं ।

    खाना पस्किनुभन्दा पहिले त्यसलाई ठूलो आगोमा तताउनुहोस् । त्यसको तापक्रम ६० डिग्री सेल्सियसभन्दा धेरै हुन आवश्यक छ ।

    फ्रोजेन फुड अथवा जमेका खानेकुरा कोठाको सामान्य तापक्रममा पग्लिनका लागि छोड्ने गरौं ।

    सफा पानी र स्वच्छ भोजन सामग्री

    सधैं स्वच्छ पानीको उपभोग गर्नुहोस् । यदि, यो उपलब्ध नभए यसलाई खानयोग्य बनाउने विधि प्रयोग गरौं ।

    ताजा र पौष्टिक खाद्य सामग्री मात्र उपभोग गर्ने गरौं ।

    सकभर सुरक्षित प्रोसेसिङ गरिएका खानेकुरा मात्र उपभोग गर्नुहोस् । उदाहरणका लागि, पास्चराइज्ड दूध आदि ।

    काँचै खाने फलफुल र तरकारी राम्ररी धोएर मात्र उपभोग गरौं ।

    खानेकुरा किन्दा एक्सपायर्ड मिति अनिबार्य हेर्नुहोस् । एक्सपायर भएका खानेकुरा उपभोग नगरौं ।

    MAIN-1588323864269_171cf7acecf_medium.jpg

     

     


    शुक्रवार, पौष ३ २०७७०३:४१:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij