Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सरकारप्रति अझै बढेन निजी क्षेत्रको विश्वास,सुरक्षा प्रत्याभुति र मनोबल बढ्ने वातावरणको अभाव, सरकारको आश्वासान मात्रै (खासखबर)

सरकारप्रति अझै बढेन निजी क्षेत्रको विश्वास,सुरक्षा प्रत्याभुति र मनोबल बढ्ने वातावरणको अभाव, सरकारको आश्वासान मात्रै (खासखबर)

  • सोमवार, मंसिर १५ २०८२

  • 910
    SHARES

  • सरकारप्रति अझै बढेन निजी क्षेत्रको विश्वास,सुरक्षा प्रत्याभुति र मनोबल बढ्ने वातावरणको अभाव, सरकारको आश्वासान मात्रै (खासखबर)
    काठमाडौं। सरकारले जेनजी आन्दोलनपछी मनोबल खस्किएका उद्योगी व्यवसायीलाई अझैपनि विश्वासमा लिन नसक्दा गुनासो बढ्दै गएको छ। गत भदौ २३÷२४ को जेनजी आन्दोलनमा निशानामा परेपछी त्रसित बनेको निजि क्षेत्र सरकारले विश्वासमा लिन नसक्दा मनोबल उकासिने वातावरण बन्न नसकेको हो।
     
    जेनजी आन्दोलनमा आफ्नो व्यवसायमा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नलाई कानुनी दायरमा ल्याउन र सुरक्षाको प्रत्याभुतिसहित नयाँ लगानीको वातावरण बनाउन पटकपटक सरकारलाई आग्रह गर्दै आएपनि सरकारले कुनै प्रक्रिया थालनी नै नगरेको गुनासो गर्दै आएका छन्। 
     
    आन्दोलनको निशानामा परेको निजी क्षेत्रले आगजनी तोडफोड र लुटपाटबाट ८८ अर्बको बढीको क्षति बेहोरेको थियो। तथापी सरकारले सहयोग गरे धुलो टकटकाएर भएपनि उठ्ने अठोट लिएका उद्योगी व्यवसायीहरु सरकार गठनको साढे दुई महिना बितिसक्दा पनि अझैसम्म सुरक्षाको अनुभुति लिन नपाउँदा असुरक्षित महसुस गर्न थालेका छन्।
     
    यसरी अर्थतन्त्रको प्रमुख हिस्सेदार निजी क्षेत्रकै मनोबल खस्किँदा अहिले राजस्वदेखि रोजगारीसम्म असर परेको छ भने व्यापारिक घराना, विदेशी लगानीका पाँचतारे चेन होटल र बहुराष्ट्रिय कम्पनीहरू लक्षित आक्रमणले स्वदेशी र विदेशी लगानीकर्ता नै सशंकित र त्रसित छन्। 
     
    जसकारण नयाँ लगानीको वातावरण बन्न सकेको छैन भने पुँजी पलायनको समेत जोखिम बढेको छ। तर, सरकारले भने निजि क्षेत्रलाई माथी उठाउन आवश्यक कुनै कसुर बाँकी नराख्ने आश्वासन मात्रै दिँदै आएको छ।तर सरकारले आफैले दिएको आश्वासन र बोलेका कुरासमेत व्यवहारमा उतार्न नसक्दा निजी क्षेत्रको मनोबल झन्झन् खस्किँदै गएको नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालका पूर्वअध्यक्ष कृष्णप्रसाद दुलालको गुनासो छ। 
     
    आन्दोलनपछी बनेको नागरिक सरकारको कार्यशैलि पनि पुरानै सरकारको जस्तो देखिएको भन्दै उहाँले सरकारले कार्यशैली सुधारेर उद्योगी व्यवसायीको घाउमा मलम लगाउने गरी अगाडी नबढेसम्म स्वदेशी लगानी पनि नबढ्ने र बाह्य लगानी पनि नभित्रिने जिकिर गर्नुभयो।
     
    यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पनि अहिले उद्योगी व्यवसायीले सुरक्षाको अनुभुति गर्नै नसकेको बताउनुभयो। निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने र सुरक्षा दिने काम सरकारले गरेको खण्डमा उद्योगी व्यवसायीहरु मनोबल बढाएर काम गर्न तयार रहेको भन्दै उहाँले सरकारले निजी क्षेत्रको लगानीको सुरक्षा गर्नुपर्ने र आम जनमानसमै सुरक्षाको प्रत्याभुति हुनुपर्नेमा जोड दिनुभयो।
     
    तर सरकारले भने निजी क्षेत्रको विश्वास बढाउने गरी काम गरिरहेको दाबी गर्दै आएको छ। अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने, लगानीको सुरक्षा गर्ने, लगानीको वातावरणमा सुधार गर्ने काममा सरकार केन्द्रित रहेको जिकिर गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सरकारी नीतिगत र कार्यपद्धतिमा सुधार गर्ने गरी काम भैरहेकोले धैर्य गर्न निजि क्षेत्रलाई आग्रह गर्नुभयो।
     
    वर्तमान सरकारले जेनजी आन्दोलनको भावना अनुसार सुशासनलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको र निजि क्षेत्रले पनि महसुस गर्ने गरी विश्वास बढाउने काममा केन्द्रित बनेको बताउनुभयो।
     
    यस्तै अर्थमन्त्री रामेश्वर खनालले पनि सरकारले भने लगानी गर्नेलाई सुरक्षाको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको जिकिर गर्नुभयो। प्रत्येक आन्दोलनमा निजी क्षेत्रमाथी प्रहार हुने गरेको उल्लेख गर्दै अर्थमन्त्री खनालले कानुनी राज्यमा कसैको सम्पत्तिमाथि हमला गर्नु सह्य नहुने चेतावनी दिँदै देशमा लगानी गर्नेलाई सुरक्षाको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेकोे जिकिर गर्नुभयो।
     
    उहाँले नेपालमा नेपाली वा विदेशी जसले सम्पती सिर्जना गरेपनि त्यो मुलुकको सम्पत्ति हो भन्ने कुरामा स्पष्ट रहेको बताउँदै विगतमा विदेशी लगानीकर्ताले नेपालमा गरेको कतिपय लगानीको स्वामित्व आज नेपाली व्यवसायी र नेपाल सरकारको स्वामित्वमा आएको भन्दै उहाँले लगानी गर्नेले कुनै गल्ती गरेको भए कानुनअनुसार कारबाही हुने भन्दै सडकबाट अपराधी करार गरेर निजी सम्पत्तिमाथि हमला गर्न नमिल्ने बताउनुभयो। 
     
    जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणले उद्यमी–व्यवसायीलाई अहिले देशमा केही गर्न सकिँदैन भन्ने कमजोर मनस्थितिमा पु¥याएको छ। यस्तो अवस्थामा सरकारले आन्दोलनका नाममा तोडफोड र आगजनी गर्नेहरुलाई तत्काल कानुनी दायरामा ल्याएर निजी क्षेत्र तथा व्यवसायीलाई सुरक्षाको प्रत्याभुति दिलाउँदै नयाँ लगानी वातावरण सृजना हुनेगरी विश्वास जित्न जरुरी छ। 
     
    यदि सरकारले निजि क्षेत्रको विश्वास जितेर लगानीको वातावरण निर्माण बनाउन नसकेको खण्डमा लगानी सुरक्षाकै अभावले नयाँ र विदेशी लगानी सृजना हुन त परको कुरा पुरानै उद्योगधन्दा पनि धराशयी हुने जोखिम छ। अर्कातिर सुरक्षा अभावमै पुँजी पलायनको जोखिम पनि उत्तिकै व्याप्त छ।

     


    सोमवार, मंसिर १५ २०८२०८:१३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij