काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले दुई पत्रकारलाई सेजन अवार्ड प्रदान गरेको छ । सेजनले आफ्नो २३ औं वाषिर्कोत्सवका अवसरमा अवार्ड प्रदान गरेको हो ।
सेजन अवार्ड प्राप्त गर्नेमा नागरिक दैनिकका पत्रकार बालकृष्ण ज्ञवाली र क्लिकमाण्डु डटकमका सोभित थपलिया रहेका छन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले उनीहरुलाई अवार्ड तथा फेलोसिप प्रदान गर्नुभयो ।
वर्षभर छापिएका आर्थिक समाचारबाट उत्कृष्ट ठहर भएका समाचारका आधारमा सेजनले हरेक वर्ष प्रतिव्यक्ति ५० हजार पुरस्कार राशीको सेवन अवार्ड प्रदान गर्दै आएको छ ।

सेजनले साधारणसभाका उपलक्ष्यमा वरिष्ठ आर्थिक पत्रकारहरुलाई सम्मान समेत गर्दै आएको छ । अग्रज पत्रकारको रुपमा सम्मानित हुनेमा एकराज पाठक (रासस), लक्ष्मण हुमागाईँ (इमेज च्यानल), लोकबहादुर चापागार्इँ (क्यापिटल म्यागेजिन) र प्रशन्ना चित्रकार (द हिमालयन टाइम्स) छन् ।
त्यस्तै, स्व. सञ्जय न्यौपाने रिसर्च ग्रान्डमा लक्ष्मी सापकोटा (कारोबार दैनिक ) र जलविद्युत लेखनवृत्तिमा जीवन बस्नेत (नयाँ पत्रिका दैनिक) छनोट भएका छन् ।