काठमाडौं । उद्योगी शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआर्ई)को १९औं अध्यक्ष बन्नुभएको छ ।
संघीय राजधानी काठमाडौंमा दुई दिनसम्म चलेको ५४औं साधारणसभा र निर्वाचन सम्पन्न भएपछि गोल्छा महासंघको अध्यक्ष बन्नुभएको हो ।
वर्तमान अध्यक्ष भवाणी राणाले महासंघको नेतृत्व सुम्पेपछि देशको सबैभन्दा ठूलो निजी क्षेत्रको छाता संगठनको नेतृत्व गोल्छाको काँधमा आएको हो ।
महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानअनुसार गोल्छा १९औं अध्यक्ष बन्नुभएको छ ।
गोल्छा साढे तीन वर्षअघि महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
विसं ०७३ सालको चैतमा भएको निर्वाचनमा हालका वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोरकुमार प्रधानलाई पराजित गर्दै गोल्छा भावी नेतृत्वका रूपमा चुनिनुभएको थियो ।