Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नरेश खातीको ‘राजा’मा पल शाहसँगै प्रिन्स बम (भिडियोसहित)

नरेश खातीको ‘राजा’मा पल शाहसँगै प्रिन्स बम (भिडियोसहित)

  • बुधवार, जेठ ७ २०८२

  • 1.5K
    SHARES

  • नरेश खातीको  ‘राजा’मा पल  शाहसँगै प्रिन्स बम (भिडियोसहित)

    काठमाडौं । गायक एवं मोडल नरेश खातीले नयाँ सिर्जना बजारमा ल्याएका छन् । दर्शकको मन मुटुमा बस्न सफल सर्जक खातीले आफ्नै युट्युव च्यानल मेक्सम नरेश अफिसियल ( Meksam Naresh Official ) बाट ‘राजा’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

    ‘मेरो आफ्नै शान छ, मेरो आफ्नै मान छ, जसले आफ्नो ठान्छ मलाई, यो ज्यान उतै जान्छ’ बोलको लोकगीतमा नेपालका चर्चित नायक एवं मोडल पल शाहले अभिनय गरेका छन् ।

    494578867_1391979542225978_4381221602741637710_n.jpg

    साथै गरिमा शर्माले पनि गीतमा अभिनय गरेकी छन् । काठमाडौंमै छायांकन गरिएको गीतमा बालकलाकारहरुको पनि सहभागीता रहेको छ । बालकलाकारमा प्रिन्स बम, शान अधिकारी, हिमांशु शाही र देश्मा देवकोटाले अभिनय गरेका छन् ।

    गीतमा नरेश खाती र एलिना चौहानको स्वर रहेको छ । विक्रम चौहानले निर्देशन गरेको म्यूजिक भिडियोमा अन्य धेरै कलाकारहरुको सहभागिता रहेको छ । गीतले नेपालको मौलिकतालाई नै झल्काएको छ । व्यक्तिमा हुने शान, मान र घमण्डलाई नियन्त्रणमा नराख्दा अर्कोले पनि त्यस्तै व्यवहार गर्छ भन्ने विषयलाई उतार्न खोजिएको छ ।

    चराचर जगतमा सबैको आआफ्नो अस्तित्व हुन्छ कसैलाई पनि कम आँक्ने र व्यहोरा देखाउने कार्य हानिकारक हुने विषयलाई गीतले उजागर गर्न खोजेको छ । सानालाई माया र ठूलालाई सम्मान गर्ने समाजको रित भएकोले सबैले त्यो बाटो अंगाल्नुपर्ने गायक खाती बताउँछन् ।

    पछिल्लो समय दर्शकहरु झुम्नका लागि यो गीतले भूमिका खेल्ने उनको दाबी छ । यता, नेपाली चलचित्रका नायक शाहसँग बालकलाकार प्रिन्स बमले पनि म्यूजिक भिडियोमा प्रवेश गरेका छन् । डोटीको बोगटान फुड्सिल गाउँपालिका घर भई हाल काठमाडौं बस्दै आएका बमले पहिलो म्यूजिक भिडियोका रुपमा ‘कि मलाई जोवन देउ, कि सीधै नो भन्देऊ’ नामक लोक गीतमा अभिनयका लागि अवसर पाएका हुन् ।

    उमेरले ११ वर्ष पूरा गरेका प्रिन्स सानै छँदादेखि नृत्यमा रुची राख्दै आएका थिए । नायक पलसँगको घुलमिल र आत्मियताका कारण उनलाई थप सहज हुँदै गएको छ । पहिलो लोकगीत ‘कि मलाई जोवन देउ, कि सीधै नो भन्देऊ’ मा उत्कृष्ट अभिनय गरेका प्रिन्सले आफूलाई अब्बल बनाउँदै लगेका छन् । उनको ‘राजा’ दोस्रो म्यूजिक भिडियो हो ।


    बुधवार, जेठ ७ २०८२०९:२२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij