Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

८.६२ अङ्कले घट्यो सेयर बजार

८.६२ अङ्कले घट्यो सेयर बजार

  • आइतवार, चैत्र ३१ २०८१

  • 429
    SHARES

  • ८.६२ अङ्कले घट्यो सेयर बजार

    काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.६२ अङ्कले घटेर २६६२.०८ को बिन्दुमा कायम भएको छ । आज विभिन्न ३२२ कम्पनीका एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर ५४ हजार ३६१ पटक खरिदबिक्री हुँदा ६ अर्ब २८ करोड दुई लाख ९६ हजार २४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आजको कारोबारमा होटल तथा पर्यटन समूह ०.१४, लगानी १.६८, म्युचुअल फन्ड ०.२६ र निर्जीवन बीमा ०.०८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

    बैंकिङ ०.२१, विकास बैंक ०.७७, वित्त ०.८८, जलविद्युत् ०.४५, जीवन बीमा ०.६१ र उत्पादन तथा प्रशोधन समूह ०.८४ प्रतिशतले घटेको छ । त्यस्तै लघुवित्त ०.२६, व्यापार १.४० र अन्य समूह ०.८० प्रतिशतले घटेको छ ।


    आइतवार, चैत्र ३१ २०८१०४:४७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij