Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भिजन लुम्बिनी उर्जा कम्पनी व्यवस्थापनमा उदाहरणीय, आइएसओ प्रमाणपत्र प्राप्त

भिजन लुम्बिनी उर्जा कम्पनी व्यवस्थापनमा उदाहरणीय, आइएसओ प्रमाणपत्र प्राप्त

  • आइतवार, चैत्र २४ २०८१

  • 2.8K
    SHARES

  • भिजन लुम्बिनी उर्जा कम्पनी व्यवस्थापनमा उदाहरणीय, आइएसओ प्रमाणपत्र प्राप्त

    काठमाडौं।  भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह र प्रमाणपत्र प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय मापदण्डहरु पुरा गरेकाले कम्पनीले आईएसओ ९००१–२०१५ प्राप्त गरेको हो ।

    बेलायतमा रहेको स्टानचुली म्यानेजमेन्ट एण्ड सर्भिसेजको वोर्डले भिजन लुम्बिनीको आर्थिक, प्रशासनिक, कार्यसम्पादन, परियाजनाको विकास तथा डिजाईन, निर्माण लगायतको मुल्यांकन गरेर प्रमाणपत्र प्रदान गरेको कम्पनीका कार्यकारी निर्देशक जगत पोखरेलले जानकारी दिनुभयो ।

    काठमाडौको बुद्धनगरस्थीत बुटवल पावर कम्पनीको भवनमा कार्यालय रहेको भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले प्रमाणपत्र ग्रहणका लागि आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले कम्पनी सञ्चालनमा विश्वस्तरको मुल्य मान्यता र मापदण्डहरु पालना गर्न भिजन लुम्विनी प्रतिवद्ध रहेको बताउनु भएको थियो ।

    धेरै जनाको लगानी रहेको कम्पनी भएकाले पनि यस कम्पनीले पारदर्शीता र सुशासनलाई केन्द्रमा राखेको उहाँको भनाई थियो । कार्यक्रममा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष गणेश कार्कीले भिजन लुम्बिनी उर्जा कम्पनीले झै सबै उर्जा कम्पनीहरुले यस्तो प्रमाणपत्र लिनु पर्नेमा जोड दिनुभयो ।

    उर्जा कम्पनीहरुले अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्ने प्रवृत्तिको विकास गरियो भने उर्जा क्षेत्रमा देखिएको आशंका र आलोचनाहरुलाई न्यूनिकरण गर्न सहयोग गर्ने उहाँको भनाई थियो ।

    कार्यक्रममा अतिथिको रुपमा सहभागी हुनुभएका प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्नेगरी पहिलेदेखि नै काम गर्दै आइरहेको भिजन लुम्बिनीले अहिले प्रमाणपत्र पाएर त्यसलाई पुष्टि गरेको बताउनु भयो। उहाँले अन्तर्राष्टिय गुणस्तर चिन्ह र प्रमाणपत्र पाएपछि भिजन लुम्बिनीमा गरिएको लगानी दुरुपयोग हुदैन भन्ने सुनिश्चिता भएको उल्लेख गर्नुभयो ।

    देशमा विश्वसनीय, पारदर्शी र अन्तर्राष्ट्रिस्तरमा काम गर्ने कम्पनीहरु पनि छन भन्ने सन्देश दिन भिजन लुम्बिनी सक्षम भएको धारणा उहाँले राख्नुभयो । नेपालमा भिजन लुम्बिनी जस्ता व्यवस्थीत र पारदर्शी कम्पनीहरु पनि धेरै छन भन्ने सन्देश दिएर नेपाली सञ्चार माध्यमहरुले व्यवसायीक विषयलाई प्राथमिकतामा राख्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

    कार्यक्रममा प्रमाणपत्र प्रदान गर्नका लागि मुल्यांकनको जिम्मेवारी लिएको संस्थाका प्रतिनिधि सन्तोष गिरीले तीन महिनासम्म कम्पनीको सर्वपक्षीय मुल्यांकन गरेर मात्रै अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह र प्रमाणपत्र प्रदान गरिएको जानकारी दिनुभयो ।

    भिजन लुम्बिनी उर्जा कम्पनी सेतीखोला जलविद्यूत परियोजना सम्पन्न गर्दा अन्य परियोजनाको तुलनामा निकै छिटो काम सम्पन्न गरेको, मितव्ययी र पारदर्शी भएको, सामान्य नागरिकलाई पनि विद्युत परियोजनाको मालिक बनाएको, कुनै विवाद र अवरोध विना काम सम्पन्न गरेको लगायतका विषेशता भएको कम्पनीको रुपमा चिनिदै आएको परियोजनाका प्रमुख व्यवस्थापक कुसल क्षेत्रीले जानकारी दिनुभयो।

    कार्यक्रममा विद्युत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक उत्तर कुमार श्रेष्ठ, पुर्व निर्देशक गणेश श्रेष्ठ, पत्रकार जीवन भण्डारी लगायतले अन्तराष्ट्रिय गुणस्तर चिन्ह र प्रमाणपत्र प्राप्त गरेकाेमा वधाई दिनु भएको थियो।

    3990c477-3ad5-42b4-8205-c7bea11d8d53.jpg


    आइतवार, चैत्र २४ २०८१०५:४९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij