Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

साताको अन्तिम आज सेयर बजार ४१ अंकले बृद्धी

साताको अन्तिम आज सेयर बजार ४१ अंकले बृद्धी

  • बिहिवार, चैत्र १४ २०८१

  • 480
    SHARES

  • साताको अन्तिम आज सेयर बजार ४१ अंकले बृद्धी

    काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार ४१.४३ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६६३ मा कायम भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ ।

    अघिल्लो दिन ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब २२ करोडको भयो । २२७ कम्पनीको मूल्य बढ्दा १६ को घट्यो । सबै सेक्टरका सूचक बढेका छन् ।

    व्यापार सेक्टर सबैभन्दा धेरै ६ प्रतिशत बढ्यो । बैंकिङ ०.९०, विकास बैंक १.१०, फाइनान्स १.३०, होटल तथा पर्यटन ०.४४, हाइड्रोपावर १.०९, लगानी २.२०, जीवन बीमा १.७१, उत्पादन ०.९२, माइक्रोफाइनान्स २.२२, निर्जीवन बीमा ०.८५, अन्य १.७४ प्रतिशत बढे ।

    गुराँस लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । सिर्जनशील लघुवित्तको ९.९, सपोर्ट माइक्रोफाइनान्सको ८.५, अभियान लघुवित्तको ७.६ तथा मानुषी लघुवित्तको ७.२ प्रतिशत बढ्यो ।

    सबैभन्दा धेरै मूल्य घट्नेमा इस्टर्न हाइड्रोपावर रह्यो, जसको मूल्य १.५ प्रतिशत घट्यो । धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स तथा ग्रीन डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहे ।


    बिहिवार, चैत्र १४ २०८१०४:१९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij