Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नयाँ दिल्लीको मुख्यमन्त्रीमा भाजपाकी रेखा गुप्ता

नयाँ दिल्लीको मुख्यमन्त्रीमा भाजपाकी रेखा गुप्ता

  • बिहिवार, फाल्गुण ८ २०८१

  • 830
    SHARES

  • नयाँ दिल्लीको मुख्यमन्त्रीमा भाजपाकी रेखा गुप्ता

    एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको मुख्यमन्त्री भारतीय जनता पार्टी (भाजपा) की रेखा गुप्ता बन्नुहुने भएको छ।

    हिजो बेलुका बसेको दिल्लीको भाजपा विधानसभा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

    त्यसअघि बैठकले दलको नेता चुन्नका लागि ओमप्रकाश धनखडलाई पर्यवेक्षक तोकेको थियो । दिल्लीको सत्तामा भाजपाको २७ वर्षपछि पुनरागमन भएको हो ।

    नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह आज दिउँसो रामलीला मैदानमा हुँदैछ । गुप्तासहित प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्यायलगायत मुख्यमन्त्रीका लागि आकाङ्क्षी रहेका थिए ।

    गुप्ता शालिमारबागबाट विजयी हुनुभएको हो । दिल्ली विधानसभा चुनावमा कुल ७० सिटमध्ये भाजपाले ४८ सिट जितेर सत्तामा फर्किएको हो ।

    यसैबीच आम आदमी पार्टीका नेता अरबिन्द केजरीवालले दिल्लीको विकासका लागि नयाँ मुख्यमन्त्रीलाई पूर्ण समर्थन गर्ने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


    बिहिवार, फाल्गुण ८ २०८१०७:५५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij