Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

रमेश दियालीको बहुप्रतीक्षित उपन्यास ‘भुसको आगो’ विमोचन

रमेश दियालीको बहुप्रतीक्षित उपन्यास ‘भुसको आगो’ विमोचन

  • मंगलवार, पौष १६ २०८१

  • 1.2K
    SHARES

  • रमेश दियालीको बहुप्रतीक्षित उपन्यास ‘भुसको आगो’  विमोचन

    काठमाडौं । नेपाली साहित्य क्षेत्रमा सक्रिय र प्रतिष्ठित लेखक रमेश दियालीको बहुप्रतीक्षित उपन्यास ‘भुसको आगो’ डिसेम्बर २८, २०२४, कोलम्बस, ओहायोमा औपचारिक रूपमा विमोचन भएको छ।

    यो विशेष कार्यक्रम Biswakarma Society of America (BSA) ले आयोजना गरेको हो , जसमा कला, साहित्य, र संस्कृतिसँग जोडिएका चर्चित व्यक्तित्वहरूको सहभागिता रहनेको थियो। ‘भुसको आगो’ इन्डिगो इन्कद्वारा प्रकाशित उपन्यास हो, जसले समाजमा देखिने जटिल यथार्थ, प्रेम, संघर्ष, र पात्रहरूको गहिरो भोगाइलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।

    लेखकका अनुसार, यो उपन्यास समाजको ऐना हो, जसले मानवीय सम्बन्ध र जीवनका यथार्थलाई नजिकबाट उजागर गर्छ।

    कार्यक्रममा लेखक रमेश दियालीले उपन्यासबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुका साथै पाठकहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर हुनेछ। उपन्यासले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


    मंगलवार, पौष १६ २०८११२:२४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij