अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनामा दुईदिने मल्टिमिडिया स्टोरीटेलिङ वर्कसप सम्पन्न भएको छ ।

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिजम नेटवर्क (निम्जिन)सँगको सहकार्यमा नेजाले अनलाइन प्रविधिमार्फत वर्कसपको आयोजना गरेको हो । वर्कसपमा मल्टिमिडिया जर्नालिस्ट रजनीश भण्डारीले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो ।
भण्डारीले “मल्टिमिडिया स्टोरीटेलिङ” विषयमा प्रशिक्षण दिने क्रममा सैद्धान्तिक तथा व्यवहारिक दुवै पक्षलाई समेट्नुभएको थियो । प्रशिक्षक भण्डारीले मल्टिमिडिया जर्नालिजमको विविध आयामबारे जानकारी दिनुका साथै वर्कसपमा मल्टिमिडिया रिपोर्टिङ तथा सम्पादनसम्बन्धी सीपसमेत सिकाइएको थियो ।
३५ जनाको सहभागिता रहेको सो कार्यक्रममा विद्यमान प्रविधिको उपयोगिता र यसको प्रयोगात्मक रूपबाट सिक्ने अवसर प्राप्त भएको र यसका कारण प्रविधिको प्रयोगमार्फत पत्रकारिता पेसालाई छिटो र गुणस्तर रूपमा प्रवाह गर्न सहयोग पुग्ने सहभागीहरूले बताएका थिए ।
सो अवसरमा मल्टिमिडिया जर्नालिस्ट लीना दुवाडी तथा बेनुप भट्टराईले मल्टिमिडिया स्टोरीटेलिङका सम्बन्धमा आफ्ना अनुभवहरु बताउनुभएको थियो । नेजाका महासचिव बाबुराम दाहालले सहजीकरण गर्नुभएको सो दुइदिने वर्कसपमा नेजाका अध्यक्ष सुरज भण्डारीले प्रशिक्षक, वक्ता तथा सहभागीहरुमा धन्यवाद दिँदै पत्रकारको हितअनुकूल समय(समयमा यस्ता क्षमता अभिवृद्धि गर्ने तालिम सञ्चालन आवश्यक रहेको यसलाई नेजाले निरन्तरता दिने बताउनुभयो ।