Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

हेमन्त शर्माको ‘आउँथ्यो दशैं’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

हेमन्त शर्माको ‘आउँथ्यो दशैं’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

  • बुधवार, आश्विन २ २०८१

  • 791
    SHARES

  • हेमन्त शर्माको ‘आउँथ्यो दशैं’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । चर्चित गायक हेमन्त शर्माले दशैंको नँया गीत सार्वजनिक गरेका छन् ।

    गायक शर्माले ‘आउँथ्यो दशैं’ बोलको गीत नेपाली संगीत बजारमा बुधवार सार्वजनिक गरेका हुन् । लामो संगीत यात्रामा पहिलो पटक शर्माले दशै गीत निकालेका हुन् ।

    उक्त गीतमा शर्मा र चर्चित गायिका मेलिना राइको आवाज रहेको छ । गीतको शब्द रचना तथा संगीत भने शर्मा स्वयम् आफैले गरेका हुन् ।

    नेपालीहरुले दशैं मनाउने शैली, परम्परा लगायतका रमाइलोसँग–सँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । गीतको संगीत संयोजन राकेश सोनीले गरेका छन् ।

    प्रिज्म रेकडिङ्ग स्टुडियोमा तयार पारिएको उक्त गीतको प्रि– मिक्सिङ्ग कमल थापा मगर गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ्ग भने स्मायस्वेत रसाईलीले गरेका हुन् ।

    मौसम हिमालीले निर्देशन गरेको उक्त गीतको मुख्य अभिनयमा गायक शर्मा, रजनी गुरुङ, डोना थापा मगर लालना चिमरिया, एलिश राई लगयातलाई देख्न सकिन्छ । गीतको भिडियो गायक शर्माकै युट्युवच्यानल हेमन्त शर्मामार्फत संगीत बजामा आएको हो ।

    भिडियो : 


    बुधवार, आश्विन २ २०८१०३:०९:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij