Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेरिक एकेडेमीको आयोजनामा “उपत्यकाव्यापी छैठौं अन्तर विद्यालय मौलिक तीज नृत्य प्रतियोगिता सम्पन्न

नेरिक एकेडेमीको आयोजनामा “उपत्यकाव्यापी छैठौं अन्तर विद्यालय मौलिक तीज नृत्य प्रतियोगिता सम्पन्न

  • सोमवार, भाद्र ३ २०८१

  • 638
    SHARES

  • नेरिक एकेडेमीको आयोजनामा “उपत्यकाव्यापी छैठौं अन्तर विद्यालय मौलिक तीज नृत्य प्रतियोगिता सम्पन्न

    काठमाडौं । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेरिक एकेडेमीको आयोजनामा “उपत्यका ब्यापी छैठौं अन्तर बिधालय मौलिक तीज नृत्य प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न भएको छ । यस प्रतियोगिता नेरिक एकेडेमीको प्राङ्गणमा भदौ १ गतेका दिन भब्य रुपले सम्पन्न भएको हो ।

    उक्त प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुर गरी ३२ भन्दा बढी बिधालयहरुका बिधार्थीहरुले भाग लिएका थिए । सो प्रतियोगितामा १२ बर्ष देखी १६ बर्ष भित्रका उमेर समुहका बिधार्थी र कक्षा १० सम्मका बिधार्थीहरुले मात्र भाग लिएका थिए । प्रतियोगितामा बरिष्ठ कलाकार मिथिला शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने निर्णायकहरुमा खड्क बुढा, सुनिल थापा, रिना थापा मगर रहेका थिए ।

    1.jfif

    “उपत्यका ब्यापी छैठौं अन्तर बिधालय मौलिक तीज नृत्य प्रतियोगिता – २०८१” मा प्रथम हुनेलाई २० हजार रुपैया र ट्रफी, द्धितिय हुनेलाई १५ हजार रुपैया र ट्रफी, तृतिय हुनेलाई १० हजार रुपैया र ट्रफी, चौथो र पाँचौलाई ५, ५ हजार रुपैया र ट्रफी पुरस्कार निर्धारण गरिएको छ भने उत्कृष्ट १० लाई ट्रफी प्रदान गरिने र बेष्ट कोरियोग्राफरलाई ५ हजार रुपैया र ट्रफी प्रदान गरिएको थियो ।

    प्रतियोगीतामा हिम रश्मी स्कुल प्रथम, नबिन ज्योती स्कुल द्धितिय, भेधभायस स्कुल र काठमाडौ जेभियर तृतिय, ब्राईट एञ्जल स्कुल चौथो, नबोदित स्कुल पाँचौ, न्यु नलेज छैठौं, गोल्डेन पिक स्कुल सातौ, एञ्गल लर्ड स्कुल आठौं, ग्रीन हिल्स र नेशनल मोडल स्कुल नवौं, कोटदेबी स्कुल दशौं स्थानमा पर्न सफल भएका थिए भने बेष्ट ड्रेस तर्फ एञ्गल लर्ड स्कुल, बेष्ट कोरियोग्राफर तर्फ ईसान श्रेष्ठ सम्मानित भएका थिए ।

    बिधार्थीहरुलाई नकारात्मक कुराहरुलाई छोडेर सकारात्मक भावना तिर प्रेरित गर्दै देश, समाज र संस्कृती प्रति सकारात्मक भावना पैदा गर्नुका साथै मौलिक संस्कृतीको जगेर्ना होस् भनी “उपत्यका ब्यापी छैठौं अन्तर बिधालय मौलिक तीज नृत्य प्रतियोगिता २०८१” को आयोजना गरिएको कुरा प्रिन्सिपल मिलन कंडेलले बताए।


    सोमवार, भाद्र ३ २०८१०२:३७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij