काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ ।
शनिवार साँझ ललितपुरको भैँसेपाटी डेरामा अचेत अवस्थामा भेटिएका गायक तिमिल्सिनालाई परिवारका सदस्य र आफन्तले तत्काल पाटन अस्पताल पुर्याएका थिए । तर डाक्टरले मृत घोषणा गरे । तिमिल्सिनाको शव अहिले बिहान सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने सङ्गीतकार चेतन सापकोटाले जानकारी दिनुभयो ।
तिमिल्सिनाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएका छन् ।