Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जनसम्पर्क समिति डेनमार्कको सभापतिको जिम्मेवारी सापकोटालाई

जनसम्पर्क समिति डेनमार्कको सभापतिको जिम्मेवारी सापकोटालाई

  • बिहिवार, जेठ ३१ २०८१

  • 642
    SHARES

  • जनसम्पर्क समिति डेनमार्कको सभापतिको जिम्मेवारी सापकोटालाई

    काठमाडौं । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिती डेनमार्कको सभापतिको जिम्मेवारी बुद्धि सापकोटाले सम्हाल्नु भएको छ । गत ५ डिसेम्बर २०२१ मा भएको समितिको ५औं अधिवेशनको म्यान्डेड अनुसार सापकोटा सभापतिले जिम्मेवारी लिनु भएको हो ।

    पाँचौ अधिवेशनले सबैको सहमतिमा यादव बस्नेत र बुद्धि सापकोटालाई आधा आधा कार्यकाल सभापतिको जिम्मेवारी दिने प्रस्ताव पारित गरेको थियो ।

    सोही सहमती अनुसार अहिले सापकोटाले सभापतिको जिम्मेवारी लिएपछि उहाँलाई आन्तरिक विवादहरु अन्त्य गरी डेनमार्कमा रहेका लोकतन्त्रवादी सबै नेपालीलाई एक ढिक्का बनाएर लैजान सफलता मिलोस् भन्दै धेरैले शुभकामना दिएका छन् ।

    समितिका संस्थापक सभापति नवीनराज पौडेलले भन्नुभएको छ, केही तितामिठा कुरा र सामान्य विवादहरूलाई मिलाई जनसम्पर्क समितीलाई एकढिक्का बनाई अगाडी बढाउने हौसला र प्रेरणा मिल्न सकोस्,सबैको जनसम्पर्क समिति बन्न सकोस् भन्ने कामना सहित हार्दिक बधाई दिन चाहन्छु।

    नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिका आमन्त्रित सदस्य समेत रहनु भएका पौडेलले कार्यक्रममा सहभागी भएका डेनमार्क स्थित संपूर्ण संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायत जनसम्पर्क समिति डेनमार्कका क्रियाशिल सदस्य तथा शुभचिन्तकहरुलाई धन्यवाद पनि दिनु भएको छ ।
    कार्यक्रममा गैर आवासिय नेपाली संघ, डेनमार्कका अध्यक्ष कमलराज शर्मा सहित धेरै लोकतन्त्रवादी नेपालीहरुको सहभागीता रहेको थियो ।

    जनसम्पर्क समितिका अर्का नेता शैलु अधिकारीले विभिन्न कारणले उक्त कार्यक्रममा छुटेका सबैलाई यस कार्य समितिले एउटै शुत्रमा बाँधेर अवसर र जिम्मेवारी दिँदै नेपालीको वृहत्तर हितमा काम गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।


    बिहिवार, जेठ ३१ २०८१०७:५९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij