Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

१२ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८० को उद्घाटन, विभिन्न ११ राष्ट्रका ३५० भन्दा बढी कलाकारहरुको सहभागिता

१२ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८० को उद्घाटन, विभिन्न ११ राष्ट्रका ३५० भन्दा बढी कलाकारहरुको सहभागिता

  • आइतवार, फाल्गुण २० २०८०

  • 820
    SHARES

  • १२ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८० को उद्घाटन, विभिन्न ११ राष्ट्रका ३५० भन्दा बढी कलाकारहरुको सहभागिता

    काठमाडौं । नेपाली लोक संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने उदेश्यले एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा “१२ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला – २०८०” फागुन १९ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा भव्य रुपले समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

    समुद्घाटन कार्यक्रममा एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष रामचन्द्र कोईराला (आर.सी.) को अध्यक्षता रहेको थियो भने प्रमुख अतिथीको रुपमा नेपाल सरकारका परराष्ट्र मन्त्री माननिय एनपी साउद रहनुभएको थियो ।

    d69a0eb7-a56f-4462-8786-769071d0e068.jpg

    कार्यक्रममा वरिष्ठ चलचित्र निर्देशक नारायण रायमाझी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल की केन्द्रिय अध्यक्ष रिता थापा मगर, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, साधाना कला केन्द्रका संस्थापक मिलन मोक्तान, नेपाल टेलिकमका विमल आचार्य, नृत्यशिरोमणी भैरव बहादुर थापा, संगीत नाट्य प्रज्ञा प्रतिष्ठानकी कुश्मा महरा, वरिष्ठ नृत्य निर्देशक राजु शाह, भुवन दाहाल, शम्भु शाही, विकाजराज भण्डारी, टिका पुन, जुना श्रीष मगर, शिव हमाल लगायत अन्य बिशिष्ट अतिथीको रुपमा रहेका थिए ।

    पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतीको आधार भन्ने मुल नारा सहित आयोजना गर्न लागिएको यस मेला फागुन २१ गते दाङ, घोराही, फागुन २३ गते पोखरा, फागुन २५ गते बसन्तपुर दरबार क्षेत्र काठमाडौं, फागुन २६ गते लालिगुरास नेशनल एकेडेमी, मनमैजु, काठमाडौंमा सम्पन्न हुने कुरा एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष रामचन्द्र कोईरालाले जानकारी गराउनुभयो ।

    f6c1301e-f9af-415a-8f2d-2cff829d041e.jpg

    यस संस्थाले हालसम्म ७५ भन्दा बढी राष्ट्रहरुमा नेपाली मौलिक कला संस्कृतीलाई प्रस्तुत गरी प्रचार प्रसार गरी थप टेवा पुराउने कार्य गरेको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपले बि।सं। २०५९ सालमा “प्रथम अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला” सम्पन्न गरेको थियो । “१२ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला – २०८०” मा विभिन्न ११ राष्ट्रका ३५० भन्दा बढी कलाकारहरुको प्रस्तुती रहेको थियो । हेरक राष्ट्रका कलाकारहरुले आ–आफ्नो राष्ट्रको संस्कृती झल्काउने नृत्य, भेषभुषा, झण्डा प्रस्तुत गर्दै साँस्कृतिक प्रस्तुती दिएका थिए ।

    fc0c3d79-26e6-4efc-8fce-df8415739ab3.jpg

    “१२ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला – २०८०” मा मुख्य आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुप रहको र अन्य संघ संस्थाहरु स्थानिय आयोजकको रुपमा रहने कुरा मेलाका अध्यक्ष रामचन्द्र कोईरालाले बताउनुभएको थियो । “१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” को सञ्चालन चर्चित कार्यक्रम सञ्चालक दिनेश डिसीले गर्नुभएको थियो ।


    आइतवार, फाल्गुण २० २०८००१:५३:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij