काठमाडौं । नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको निधन भएको छ। एक सय दुई वर्षीया पोखरेलको आज मंगलबार बिहान ४ बजे काठमाडौंको सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो।
२००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनामा उनको योगदान थियो। उनी २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला संघको अध्यक्ष बन्नुभएको थियो । उहाँको आजै पशुपतिमा अन्त्येष्टि गरिने जेठा छोरा रामचन्द्र पोख्रेलले जानकारी दिनुभयो ।
द्रौपदा नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत हुनुभएको थियो । उहाँ गोवर्द्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष र संरक्षक पनि हुनुहुन्छ ।
उहाँनी स्वर्गीय गोवर्द्धन शर्मा पोखरेलकी पत्नी हुनुहुन्छ भने संविधानसभा सदस्य रामचन्द्र पोखरेल, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, योजना आयोगको पूर्वउपाध्यक्ष डाक्टर जगदीशचन्द्र पोखरेलकी आमा हुनुहुन्छ ।