Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेविरुद्ध नेविसंघको प्रदर्शन

रवि लामिछानेविरुद्ध नेविसंघको प्रदर्शन

  • बिहिवार, माघ ४ २०८०

  • 760
    SHARES

  • रवि लामिछानेविरुद्ध नेविसंघको प्रदर्शन

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नेपाल विद्यार्थी संघ(नेविसंघ)ले प्रदर्शन गरेको छ । नेविसंघले आज सहकारी विभागमा सहकारी घोटालाबारे अध्ययन अनुसन्धान गरी दोषीलाई कडा कारबाहीको माग गर्दै नेविसंघले उजुरी समेत दर्ता गरेको छ।

    नेविसंघले उजुरी दर्ता गरेसँगै सहकारी घोटला प्रकरणमा सभापति लामिछाने पनि जोडिएको भन्दै यसबारे अध्ययन गरी दोषी भेटिए कारबाही गर्न माग गर्दै विभाग अगाडी नै विभिन्न नाराहरूसहित प्रदर्शन गरेको हो।

    सहकारी घोटालाले नेपालको आर्थिक, सामाजिक र राजनीतिक विकासमा गम्भीर असर पारेको भन्दै नेपाली जनताको सहकारी संस्थाहरूमा रहेको विश्वासलाई कमजोर पारेको समेत नेविसंघले ठहर गरेको छ ।

     


    बिहिवार, माघ ४ २०८००४:२१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij