Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

संविधान कार्यान्वयन गर्न राष्ट्रपति पौडेलको आग्रह

संविधान कार्यान्वयन गर्न राष्ट्रपति पौडेलको आग्रह

  • सोमवार, माघ १ २०८०

  • 432
    SHARES

  • संविधान कार्यान्वयन गर्न राष्ट्रपति पौडेलको आग्रह

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयन गरेर नेपाली जनताको अधिकार कार्यान्वयन गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई आग्रह गर्नुभएको छ ।

    माघी पर्वको अवसरमा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता, संघीय समितिका सभापतिसहितलाई राष्ट्रपति कार्यालयमा बोलाइ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको संविधान उत्कृष्ट भएर पनि नेपाली जनताले यसको लाभ उठाउन नपाउदा केही निराशा देखिएको बताउनुभयो ।

    उहाँले नेपालीले मात्र नभएर विदेशीले समेत नेपालको संविधानलाई प्रशंसा गरिरहेको बताउनुभयो । यस्तै उहाँले संविधानले दिएका अधिकार कार्यान्वयनबाहेक नेपाली जनताको अर्को चाहना नभएको बताउनुभयो ।


    सोमवार, माघ १ २०८००१:४५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij