काठमाडौँ । लुम्बिनी प्रदेश सरकारमा थपिएका दुई मन्त्रीको शपथ ग्रहण आज हुने भएको छ । मन्त्रीको नाम टुंगो लागिसकेको र आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको जनाइएको छ।
प्युठानबाट सांसद बन्नुभएका कांग्रेसका सरोज थापा र बाँकेबाट सांसद बन्नुभएकी माओवादीकी कृष्णा केसीलाई मन्त्री बनाउने टुंगो लागेको गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिएनुभयो ।
दुबैजनालाई आज शपथग्रहण गराइने कार्यक्रम तय भएको छ। केसीलाई खानेपानी र थापालाई पर्यटनमन्त्री बनाइने भएको छ।