Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेपाली लोक दोहोरी क्षेत्रमा जम्दै कृष्णा न्यौपाने

नेपाली लोक दोहोरी क्षेत्रमा जम्दै कृष्णा न्यौपाने

  • शनिवार, मंसिर २३ २०८०

  • 927
    SHARES

  • नेपाली लोक दोहोरी क्षेत्रमा जम्दै कृष्णा न्यौपाने

    काठमाडौं । नेपाली लोक दोहोरीको क्षेत्रमा पछिल्लो समयमा उदाउदै गरेकी मोफसलमा रहेर ठुलो संघर्ष पछि स्थापीत हुन खोजेकी गायिका हुन् कृष्णा कुमारी न्यौपाने (कृष्णा न्यौपाने) नेपालको पुर्वी भेग झापामा जन्मिएकी उनी सानै देखी गीत संगीतमा रुची राख्थिन् ।

    स्कुलमा हुने साँस्कृतिक कार्यक्रम, जिल्लाहरुमा हुने लोक गीत प्रतियोगिताहरुमा धेरै पटक प्रथम, द्धितिय र तृतिय भईसकेकी गायिका न्यौपानेले पछिल्लो समय आफ्नै युटुब च्यानल मार्फत ऐना, मायालुलाई सुईकाउकी रेलैमा लगायत थुप्रै गीतहरुमा आफ्नो आवाज दिदै केही राष्ट्रिय सम्मान, राष्ट्रिय अवार्डहरु समेत हात पारिसकेकी छिन् ।

    केही समय काठमाडौंको फेवा दोहोरी साँझ, गाउले रोधी घरमा समेत काम गरिसकेकी छिन् । आगामी दिनहरुमा पनि सांगीतिक क्षेत्रलाई निरन्तरता उनको सोच रहेको छ । यस क्षेत्रमा लाग्न श्रीमान्, बुवा, आमा र केही अग्रज कलाकारहरुको साथ सपोर्ट रहेको छ । गायिका न्यौपाने करिब ३५ जिल्लाका मेला महोत्सब र बिबिध साँस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुती दिएकी छिन् ।

    नयाँ कलाकारहरुलाई संगीत क्षेत्रमा स्थापित हुन गाह्रो छ भन्ने थाहा हुँदाहुदै पनि उनी नेपालको प्रतिष्ठित संगीत बिधालमा भर्ना भई करिब ३, ४ बर्ष संगीतको सिकाई र अध्ययन पछि आफ्नो एकल साँझ मार्फत आफ्ना गीतहरु दर्शकहरु सामु प्रस्तुत गर्ने तयारीमा छिन् ।


    शनिवार, मंसिर २३ २०८००४:४०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij