काठमाडौं । नेपालीहरुको महानपर्व बिजया दशमी विषेश गीत 'आउँछु भन्थे’ सार्वजनिक भएको छ । गीतकार बिष्णु गैरेको शब्द तथा हरि लम्सालको स्वर रहेको गीतमा गायक स्वयम् लम्सालको संगीत रहेको छ ।
घरगागनीमा आईरहेको दशैंको बेलामा परदेशी छोरो फर्किन नपाउदा आमा र छोराको मनको पिर र दुखलाई समेटिएको गीतमा रमा थपलिया र चिरन्जीवी सापकोटालगायतका कलाकारहरुको अभिनय रहेको छ ।
भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् भने छायाँङ्कन बुद्ध थापा एण्ड टिम र रमेश थापाको र सम्पादन विकाश दाहालको रहेको छ । गीत भाइब्रेसन मिडियाको युट्व्युबमार्फत सार्वजनिक गरिएको हो । गीतले सबैको मन जितोस हाम्रो शुभकामना ।