Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

‘दुर्गा प्रसाई र ज्ञानेन्द्र शाहीलाई जनकारबाही गर्नुपर्छः’ माओवादी पूर्वलडाकु प्रजा

‘दुर्गा प्रसाई र ज्ञानेन्द्र शाहीलाई जनकारबाही गर्नुपर्छः’ माओवादी पूर्वलडाकु प्रजा

  • आइतवार, मंसिर १० २०८०

  • 305
    SHARES

  • ‘दुर्गा प्रसाई र ज्ञानेन्द्र शाहीलाई जनकारबाही गर्नुपर्छः’ माओवादी पूर्वलडाकु प्रजा

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व लडाकु मंगलसिंह प्रजाले दुर्गा प्रसाई र ज्ञानेन्द्र शाही जस्ता राजावादीलाई जनकारबाही गर्ने चेतावनी दिनुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै प्रजाले यस्तो बताउनु भएको हो।

    उहाँले भन्नुभयो‘राजावादी भनाउँदा दुर्गा प्रसाई र ज्ञानबहादुर शाहीले मरेको राजाको जुठोपुरो खाएर राजा ल्याऊ देश बचाऊ भन्दैमा हुन्छ? देशमा बेरोजगारी नै बेरोजगारी छ। दुईचार सय मान्छे कहिले कसको पछि लाग्छन्, कहिले कसको पछि लाग्छन्।राजाका रैतीहरुसँग दम छ भने प्रचण्डजस्तै नेतृत्व गरुन् न। बेकारमा किन ल्याङल्याङ गरको? जनतालाई राजा चाहिएको छैन। १७ हजार महान् सहिदले रगतसँग साटेको गणतन्त्रको विकल्प खोज्नेलाई काँडैकाँडाको लट्ठीले खुट्टैखुट्टामा हान्नुपर्छ।’

    प्रजाले बैंकको ५ अर्ब ऋण तिर्न नसक्ने दुर्गा प्रसाईले अरुको ऋण मिनाहा गर्न नसक्ने जिकिर गर्नुभयो। गणतन्त्रले नेपालीलाई धेरै अधिकार दिएको उनको जिकिर छ। प्रजाले थप्नुभयो,‘यो देशमा गणतन्त्रकै कारण महिला र मधेसी राष्ट्रपति बने। दुर्गा प्रसाई पनि भोलि पार्टी खोलेर प्रधानमन्त्री बन्न सक्छ। साथै उहाँले नेपालमा हिन्दु धर्म मान्ने बढीमा ३० प्रतिशत मात्र रहेको दाबी गर्नुभयो।


    आइतवार, मंसिर १० २०८००९:४७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij