Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईंको आन्दोलन दमन गर्न राज्यको सबै संयन्त्र प्रयोग, सर्वसाधारणहरुमाथि ज्यादती

दुर्गा प्रसाईंको आन्दोलन दमन गर्न राज्यको सबै संयन्त्र प्रयोग, सर्वसाधारणहरुमाथि ज्यादती

  • शुक्रवार, मंसिर ८ २०८०

  • 779
    SHARES

  • दुर्गा प्रसाईंको आन्दोलन दमन गर्न राज्यको सबै संयन्त्र प्रयोग, सर्वसाधारणहरुमाथि ज्यादती

    काठमाडौं । गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत घोषित आन्दोलनका थप कार्यक्रम निस्तेज पार्ने नाममा प्रहरीले सर्वसाधारणमाथि ज्यादती गरेको छ ।

    तीनकुने क्षेत्रमा पैदल हिँडिरहेकादेखि चिया पसल, होटलमा बसेर खाइरहेकालाई प्रहरीले धरपकड गरेको हो । बाक्लो संख्यामा उपस्थित सुरक्षाकर्मीले शंकास्पद भन्दै खानतलासी गरिरहेका छन् ।

    दुर्गा प्रसाईँ समूहका प्रदर्शनकारी भएको आशंकामा प्रहरीले जबर्जस्ती सर्वसाधारणलाई उठाउँदै भ्यानमा हालेको छ । मुख्य बाटोदेखि तीनकुनेसँग जोडिएका गल्लीहरूमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएका छन् । प्रदर्शनकारीहरु खोज्नकै लागि हुलका हुल प्रहरीको दौडधुप देखिन्छ ।

    चिया–खाजा खाँदै गरेका सर्वसाधारणलाई प्रहरीले जबर्जस्ती पक्राउ गर्दै अपराधीलाई जस्तो नियन्त्रणमा लिएको छ । अपराधी शैलीमा नियन्त्रणमा लिइरहेको छ । आसपासमा रहेका कार्यालय, घरबेटी, होटल सञ्चालकहरूलाई प्रदर्शनकारीलाई बस्न नदिन प्रहरीले उर्दी जारी गरेको छ ।

    दुर्गा प्रसाईँ समूहले शुक्रबार तीनकुने क्षेत्रमा कार्यक्रम गर्ने घोषणा गरेपछि त्यहाँ प्रहरी प्रशासनले निगरानी बढाएको हो । प्रशासनले तीनकुनेमा कार्यक्रम गर्न निषेध गरिएको जनाएको थियो ।

     


    शुक्रवार, मंसिर ८ २०८००२:४६:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij