Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

एमालेले कोशीमा समर्थन कायमै राख्ने

एमालेले कोशीमा समर्थन कायमै राख्ने

  • सोमवार, कार्तिक २० २०८०

  • 457
    SHARES

  • एमालेले कोशीमा समर्थन कायमै राख्ने

    काठमाडौं। कोशी प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने भएको छ।

    आज विराटनगरस्थित प्रदेशसभा भवनमा बसेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाएपनि समर्थन भने जारी राख्ने निर्णय गरेको हो।

    एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारलाई दिएको समर्थन तत्काललाई फिर्ता नलिने तर प्रमुख प्रतिपक्षी दलका रूपमा प्रदेशसभा बैठकमा बस्ने निर्णय भएको जानकारी दिनुभयो ।

    एमालेका ३९ जना प्रदेश सांसदको समर्थनमा कोशी प्रदेशमा केदार कार्की नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो। कार्कीले गठबन्धन दलका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई भित्र्याएपछि एमाले सत्ताबाट बाहिरिसकेको छ।

    एमालेले समर्थन फिर्ता लिने बित्तिकै मुख्यमन्त्री केदार कार्कीले पुनः विश्वासको मत लिनुपर्ने अवस्था रहेको थियो ।


    सोमवार, कार्तिक २० २०८००२:३५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij