Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

’गैरआवासीय नेपालीले नागरिकता पाउनु ठुलो सफलता हो’ : प्रधानमन्त्री प्रचण्ड

’गैरआवासीय नेपालीले नागरिकता पाउनु ठुलो सफलता हो’ : प्रधानमन्त्री प्रचण्ड

  • मंगलवार, आश्विन ३० २०८०

  • 520
    SHARES

  • ’गैरआवासीय नेपालीले नागरिकता पाउनु ठुलो सफलता हो’ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपालीलाई नेपाली नागरिकता वितरण कार्यक्रम शुभारम्भ गर्नुभएको छ।

    आज प्रधानमन्त्री प्रचण्डले एनआरएनका अध्यक्ष कुल आचार्य र बद्री केसीलाई एक कार्यक्रमका विच गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गर्दै सुरुवात गर्नुभएको हो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताउनु भयो । एनआरएनएसँग सम्बन्धित थुप्रै सवालहरूलाई सरकारले नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेको उहाँको दाबी थियो ।

    उहाँले भन्नुभयो,–’नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा रू.५ करोडबाट घटाएर रू. २ करोड कायम गरेको छ। धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइएको छ। यसैगरी वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय लागू भइसकेको छ। ’


    मंगलवार, आश्विन ३० २०८००९:४४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij