Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

मुलुक जातीय, धार्मिक द्वन्द्वमा फस्दै, अभाव र दबाबमा धर्म परिवर्तन गर्नेको लहर, राज्यले ठूलो मूल्य चुकाउँदै(खासखबर)

मुलुक जातीय, धार्मिक द्वन्द्वमा फस्दै, अभाव र दबाबमा धर्म परिवर्तन गर्नेको लहर, राज्यले ठूलो मूल्य चुकाउँदै(खासखबर)

  • बिहिवार, आश्विन १८ २०८०

  • 512
    SHARES

  • मुलुक जातीय, धार्मिक द्वन्द्वमा फस्दै, अभाव र दबाबमा धर्म परिवर्तन गर्नेको लहर, राज्यले ठूलो मूल्य चुकाउँदै(खासखबर)

    काठमाडौं।मुलुक जातीय, धार्मिक,साम्प्रदायिक र पहिचानको आन्दोलनले अशान्त बन्दै गएको छ। धार्मिक सहिष्णुतालाई खलल पु¥याउने अराजक भिडका कारण विभिन्न समुदायबीच मनमुटाव बढ्दै गएको पाइन्छ। संविधानले बर्जित गरेको गौहत्यामा केही समूह संलग्न हुँदा धार्मिक असहिष्णुताले प्रसय पाएको छ।

    कोशीमा २०७९ फागुनदेखि चलेको पहिचानको आन्दोलन, केही समय यता धरानमा देखिएको धार्मिक समस्या र साम्प्रदायिक कुरा, नेपालगञ्जमा देखिएको धार्मिक असहिष्णुताले मुलुकलाई अराजकतातिर धकेल्दै गएको पाइएको छ। मिलेर बसेको समाजलाई भड्काउँदै धमिलो पानीमा माछा मार्ने तत्व सक्रिय हुँदा नेपाल पनि धार्मिक द्वन्द्वमा फस्ने खतरा बढ्दै गएको छ।

    विविध धर्म, संस्कृतिले जेलिएको समाजलाई भड्काउनका लागि विभिन्न प्रयासहरु पनि भइरहेका छन्। आजको संसदमा पनि यो विषयलाई लिएर सांसदहरु चिन्तित भएका थिए । रास्वपाका सांसद मनिषकुमार झाले देशका केही भूभाग धार्मिक लडाइँमा फसिरहेको बताउँदै केही दलले भोटको राजनीति गरिरहेको आरोप लगाउनुभयो ।

    भदौ पहिलो साता धरानमा धार्मिक समुदायबीच विवाद उत्पन्न भएपछि सुनसरीको धरान उपमहानगरपालिकामा निषेधाज्ञा नै लगाउनुपरेको थियो । यस्तै, पहिचानको आन्दोलन विराटनगर केन्द्रित हुँदा विराटनगरका केही ठाउँमा दुई महिना सम्मकालागि निषेधित क्षेत्र तोकिएको छ। नेपालगञ्ज पनि अहिले कफ्र्यूले घेरिएको बताउँदै माओवादी केन्द्रका सांसद माधव सापकोटाले जनताले तीखो आँखाले हेरिरहेकोले दलहरु सुध्रिनुपर्ने बताउनु भयो।

    कुनैपनि देश धार्मिक आन्दोलनमा फसेपछि उन्मुक्ति पाउन निकै सकस हुने गर्दछ। राज्यले अराजक भिडहरुलाई तह लगाउन सकेन भने घुसपैठको खतरा बढ्ने हुन्छ। आजै संसदमा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले यो व्यवस्थाको कामै नभएको दाबी गर्नुभयो ।जसपाका सांसद प्रदीप यादवले मुलुकमा भड्किएको धार्मिक हिंसाले ठूलो असर गर्ने बताउनुभयो। अहिले भइरहेका आन्दोलन पनि पूर्व तयारीका साथ शुरु गरिएको उहाँको भनाइ छ ।

    मिलेर बसेको समाजलाई भाड्न र अभावको फाइदा उठाउँदै विभिन्न धर्मको प्रचारप्रसार गरी नागरिकलाई जालभित्र पार्न मुलुकमा विभिन्न अराजक भिड सक्रिय बनेको छ । आफ्नो परापूर्वकालदेखि मानेर आएको धर्म त्यागी सिमित स्वार्थका लागि केही व्यक्तिले हिंसालाई प्रसय दिइरहेका छन् । राज्यले समयमा ध्यान नदिने हो भने भुसको आगोजस्तै सल्किएको अराजकताले जित्ने छ भने देश हार्ने खतरा बढेको छ ।


    बिहिवार, आश्विन १८ २०८००८:२१:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij