Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

स्वास्थ्य क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ छ : प्रधानमन्त्री प्रचण्ड

स्वास्थ्य क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ छ : प्रधानमन्त्री प्रचण्ड

  • बिहिवार, आश्विन १८ २०८०

  • 634
    SHARES

  • स्वास्थ्य क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ छ : प्रधानमन्त्री प्रचण्ड
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्रमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताउनुभएको छ। काठमाडौंमा बिहीबार(आज) आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यकर्मीहरूलाई पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन आग्रहसमेत गर्नुभएको छ ।
     
    प्रधानमन्त्रीले वीर अस्पताललाई अझै विस्तार र सुविधा सम्पन्न बनाउन नेपाल सरकार थप लगानी प्रतिबद्धता पनि जनाउनुभएको थियो ।
     
    नर्सिङ सेवासँग सम्बन्धित देखा परेका जटिलतालाई समाधान गर्नेतिर सरकारले दृढतापूर्वक अघि बढेको उहाँले बताउनुभयो । संविधानमा व्यवस्था भएबमोजिम मौलिक हकहरूको कार्यान्वयनका निम्ति आवश्यक पर्ने कानुन निर्माण, संरचनाको विकास र सेवा प्रवाहका क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी रहेको प्रधानमन्त्रीले बताउनुभयो ।
     
    ‘संविधानमा व्यवस्था भए बमोजिम मौलिक हकहरूको कार्यान्वयनका निम्ति आवश्यक पर्ने कानुन निर्माण, संरचनाको विकास र सेवा प्रवाहका क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी छन् । संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हकको कार्यान्वयनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जस्ता सरकारी संरचनाहरूको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ । यसतर्फ आगामी दिनमा सिंगो प्रतिष्ठान परिवारले गम्भीरतापूर्वक काम गर्नेछ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘दक्ष र प्राविधिक जनशक्तिबाट देशको दूर दराजका जनताले सहज र स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नेछन् । हरेक लोकतान्त्रिक देश र प्रणालीमा राज्य नागरिकको वास्तविक अभिभावक र संरक्षक हो । हाम्रो राजनीति र जीवन व्यवहार नागरिकको स्वार्थ र हितमा समर्थित गरेर मात्र हामीले लोकतान्त्रिक राज्यको औचित्य पुष्टि गर्न सक्छौँ ।’
     
    प्रधानमन्त्री प्रचण्डले राज्यका सबै अंगहरूले नियन्त्रणमूखी नभई प्रवर्द्धन र सेवामुखी भएर काम गर्न जरुरी रहेको बताउनुभयो । 


    बिहिवार, आश्विन १८ २०८००५:२०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij