Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

रिगललाई आममाफी दिने सरकारको निर्णयविरुद्ध यस्तो आयो सर्वोच्चको आदेश...

रिगललाई आममाफी दिने सरकारको निर्णयविरुद्ध यस्तो आयो सर्वोच्चको आदेश...

  • बिहिवार, आश्विन १८ २०८०

  • 986
    SHARES

  • रिगललाई आममाफी दिने सरकारको निर्णयविरुद्ध यस्तो आयो सर्वोच्चको आदेश...

    काठमाडौं। सर्वोंच्च अदालतले सरकारसँग गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण माग गरेको छ। न्यायाधीश मनोजकुमार शर्माको इजलासले असोज २४ गते ५ बजेभित्र आममाफी दिनुको कारणसहित लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएको हो ।

    श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल आममाफी दिने राष्ट्रपति पौडेलको निर्णयविरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो।

    सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि उनी गाडीको लावालस्करसहित कारागारबाट निस्किएका थिए ।

    आफ्ना श्रीमान्का हत्यारालाई आम माफी दिइएको भन्दै न्यायका लागि भारती यतिबेला नेपालगञ्जबाट काठमाडौं आएर अनसन सुरु गर्नुभएको छ । रिगललाई आममाफी दिने सरकारको निर्णयविरुद्ध चौतफी आलोचना भइरहेको छ।


    बिहिवार, आश्विन १८ २०८००५:०९:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij