Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिको व्यवस्थापनको लागि समन्वय गरेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिको व्यवस्थापनको लागि समन्वय गरेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

  • बिहिवार, आश्विन १८ २०८०

  • 377
    SHARES

  • भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिको व्यवस्थापनको लागि समन्वय गरेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पका कारण बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ ।

    आज बिहान सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिनुभएको हो । उहाँले थप राहत र पुनःस्थापनाका लागि समन्वयात्मक रुपले अझ जोड दिएर काम गर्न पनि निर्देशन दिनुभयो ।

    उहाँले तत्काल पुग्नुपर्ने श्रोत र हुनुपर्ने व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक भुमिका निभाउन निर्देशन दिनुभयो ।

    उहाँले सम्भावित विपद्जन्य घटनाको लागि पूर्व तयारी गर्नु र रहनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

    प्रधानमन्त्रीले नेपाल उच्च भूकम्प जोखिम क्षेत्रमा पर्ने भन्दै कुनैपनि बेला कहीँ विपद्जन्य घटना हुनसक्ने भएकाले आवश्यक पूर्वतयारी गर्नुपर्ने बताउनु भयो ।

    प्रधानमन्त्री भोलि भूकम्पको केन्द्रबिन्दु क्षेत्र बझाङ गएर प्रत्यक्ष अवलोकन गर्ने र त्यसबाट आएको रिपोर्टपछि थप कार्यक्रम अघि बढाउने बताइएको छ


    बिहिवार, आश्विन १८ २०८०११:०९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij