अमेरिका भ्रमणमा रहनु भएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले अमेरिकास्थीत नेपाली दुतावासमा भेटवार्ता गर्नु भएको छ ।
राजदूत श्रीधर खत्रीलगायतसँग उहाँले अमेरिकामा रहेका नेपालीहरुको अवस्था र समस्याहरुका साथै नेपाल र अमेरिकाको सम्वन्धका बारेमा कुराकानी गर्नु भएको उहाँको सचिवालयले जनाएको छ ।
राज्य अमेरिकाको वासिङ्टन डिसीमा हुन लागेको वर्न सर्भाईभर्सहरुको बार्षिक सम्मेलनमा सहभागी हुन उहाँ केही दिन अगाडि अमेरिका प्रस्थान गर्नु भएको हो ।
सम्मेलनमा उहाँले भोली शुक्रवार सम्बोधन समेत गर्ने कार्यक्रम रहेको उहाँका स्वकिय सचिव वोधराज कँडेलले जानकारी दिनुभयो ।
नेता भण्डारीसँगै उहाँकी श्रीमती डा. लक्ष्मी पाण्डेय, जलन विषेशज्ञ प्रा. डा. शंकरमान राई, फिजियो थेरापी विज्ञ मोहन डंगोलपनि सम्मेलनमा सहभागी हुन जानु भएको छ ।
अमेरिका भ्रमणका क्रममा उहाँले अन्य कार्यक्रमहरुमा समेत सहभागी हुने र नेपालीहरुसँगको भेटघाट पनि गर्नुहुने जनाइएको छ ।