Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

एमाले गण्डकी अधिवेशन : नयाँ नेतृत्व छान्न भोलि मतदान

एमाले गण्डकी अधिवेशन : नयाँ नेतृत्व छान्न भोलि मतदान

  • बुधवार, आश्विन १७ २०८०

  • 448
    SHARES

  • एमाले गण्डकी अधिवेशन : नयाँ नेतृत्व छान्न भोलि मतदान
    काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्वका बिहीबार(भोलि) बिहान मतदान हुने भएको छ । यसअघि बुधबार(आज) साँझ मतदानको कार्य तालिका रहे पनि दिनभर पानी परेकाले मतदानको समय भोलिलाई सार्नुपरेको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापाले जानकारी दिनुभयो । 
     
    ‘मतदानका लागि आज तय भएको कार्यक्रम भोलि मात्र हुने भयो । आज दिनभर पानी परेर निर्वाचन कार्यक्रम प्रभावित बन्यो’, थापाको भनाइ छ । 
    पोखरा सभागृहमा जारी अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ६२ सदस्यीय नयाँ नेतृत्व चुन्नेछ । अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ८ प्रतिनिधि सहभागी छन् । गण्डकी एमालेमा दुई समूह चुनावी प्रतिस्पर्धामा छन् । 
     
    प्रदेश अध्यक्षका लागि नवराज शर्मा र मायानाथ अधिकारीबिच प्रतिस्पर्धा हुँदैछ । शर्माको प्यानलबाट उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, तथा उपसचिवमा क्रमशः मञ्जु अधिकारी र दामबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन् ।
     
    त्यसैगरी अधिकारीको प्यानलबाट उपाध्यक्षमा बाबुराम विक, सचिवमा रश्मि आचार्य तथा उपसचिवमा सन्तोष रावल र मिना गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।


    बुधवार, आश्विन १७ २०८००५:२९:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij